स्टार तेक्वान्दो डोजाङले प्रथम नव विहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । स्टार ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
नव विहानी तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ बोधीसदन दोश्रो भयो । तेश्रो स्थान हात पारेको युनिटीले २ स्वर्ण र १ रजत जितेको थियो । आयोजक नव विहानीले १ स्वर्ण, ३ रजत र ६ कांस्य प्रांप्त गरेको थियो ।
प्रतियोगिताको पुरुषमा बोधीसदनका सोहन खड्का तथा महिलामा स्टारकी सुप्रिया लामा उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । दुई दिने प्रतियोगितामा विभिन्न २७ डोजाङका ४ सय खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया