भारतको गुवाहटीमा सप्पन्न प्रेसिडेन्ट कप बेसबल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपाल, बाङ्लादेश, भारतका दुई टिम र भुटान समेत सहभागि उक्त प्रतियोगितामा नेपाली पुरुष बेसबल टोलीले रजत पदक जितेको हो ।
नेपाली टोलीले सेमिफाइनलमा बाङ्लादेशलाई २४–४ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपनि फाइनलमा नेपाल भारतसंग १८–४ले पराजित हुन पुग्यो । नेपालले बेसबलको इतिहासमा प्राप्त गरेको यो नै पहिलो पदक हो । प्रतियोगितामा नेपालका सगुन खिचाजु बेस्ट क्याचर बन्न सफल भए ।
प्रदीपकुमार खत्रीले नेतृत्व गरेको नेपाली टोलीको ब्यबस्थापकमा नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव दिपक न्यौपाने रहेका थिए । त्यसै टोलीका प्रशिक्षकहरूमा जीवन केसी र रोशन थापा थिए । अनिल परियार कप्तानी गरेको नेपाली टोलीमा १८ सदस्यीय रहेको थियो ।
प्रतिक्रिया