दोष न चीनको न त भारतकै, देशको नीतिकै कारण हाम्रो भयो फजिती

दोष न चीनको न त भारतकै, देशको नीतिकै कारण हाम्रो भयो फजिती


– रामबाबु यादव
(सांसद, ससफो नेपाल)

नेपालमा सबै तहको निर्वाचन सकिएको अवस्था छ । चुनावपछि राष्ट्रिय पार्टीको रूपमा फोरम नेपाल पनि आएको छ । देशको समृद्धिको लागि संघर्ष गरेको पार्टी हुनाले यो पार्टीलाई पनि अन्य राष्ट्रिय पार्टीसरह स्थान दिएर चीनले भ्रमणको निम्तो दिएको थियो । छिमेकी चीनको निमन्त्रणलाई स्वीकार गर्दै भ्रमणमा जाने अवसर मिल्यो ।

भ्रमणको मुख्य उद्देश्य नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्नु नै थियो । चीनले कसरी विकास गरेकोे छ, त्यहाँको पर्यटक, सांस्कृतिक, आर्थिक, कृषि आदि क्षेत्रमा चीनले कसरी फड्को मारेको छ, त्यसलाई पनि साटासाट गरौँ भन्ने उद्देश्यका साथ निम्तो गरिएको थियो र भ्रमण फलदायी नै रह्यो ।

भ्रमणको उपलब्धि भनेकै ग्रामीण विकासमा चीनले गरेको प्रगतिबारे हामीले केही कुरा जान्ने प्रयास ग¥यौँ । कृषिको क्षेत्रमा पनि चीनले धेरै नै फड्को मारिसकेको छ । पर्यटनमा विशेष गरी नेपाल र नेपालको पनि मधेशको लागि सम्भावना छ तर हामी साधन र स्रोत नभएर अड्किएर बसेका छौँ । यसमा चीनसँग सहकार्य गरेर अगाडी बढ्न सकिन्छ । चीनबाट फाइदा लिन सकिन्छ । चीनले ४० वर्षको अवधिमा गरेको प्रगतिलाई कसरी नेपालको सन्दर्भमा उतार्न सकिन्छ, त्यहाँको पार्टी सञ्चालन, कानुुुुन सुव्यवस्थापनको बारेमा पनि अध्ययन गर्ने मौका पायौँ । यही विषयमा हाम्रो टोलीले चासोका साथ लिएको थियो । यो विषयलाई नेपाल र चीन दुवैतर्फबाट चासोको रूपमा लिएको छ ।

अन्य मुलुकसँग सहकार्य गर्ने चीनको रणनीति छ । नेपालसँग पनि सहकार्य गर्ने अहिलेसम्म पनि कायमै छ । नेपालमा ३० भन्दा बढी योजनाहरूमा चीनले लगानी गर्ने, नाफामा मात्रै बाँडफाँड गर्ने र शर्त नराख्ने भन्ने चीनको नीति रहेको छ । केन्द्रबाट त्यो योजनाहरू तराईका भू–भागलाई छोडेर माथि माथिका भू–भागमा मात्रै लगानी गरेको देखियो । अहिले प्रदेश २ मा फोरमको सरकार आए सँगै चीनले पनि आफ्नो रणनीतिमा परिवर्तन गरेको महशुस हामीले गरेका छौँ । चीनले यो पनि महसुस गरिसकेको छ कि हाम्रो लगानी तराईमा पुगेको छैन, मधेश पछौटेपनको शिकार भएको छ, त्यहाँ पर्यटन, कृषि, यातायात र शिक्षामा लगानी गर्नुपर्ने रहेको छ भन्ने उसको बुझाइ रहेको छ । त्यसको लागि पनि आफ्नो उद्देश्य हामीकहाँ राख्न खोजिएको महशुस भएको छ । मलाई लाग्छ, चीनले पनि अब तराई–मधेशमा लगानी गर्ने अवस्था सिर्जना गर्ने छ ।

नेपालमा चीनको लगानी मात्र पहाडकेन्द्रित देखिएकोले चीनले नेपालमा नश्लीय राजनीति गरेको बेलाबखतमा आवाज उठ्दै आएको छ । तर, मैले के अनुभव गरेँ भने हामीले चीनको नीति नबुझेर यस्तो आवाज उठाउने गरेका छौँ । चीनले गरेको लगानीमा नेपाल सरकारले योजना छनौट गर्छ तर कुनै शर्त राख्ने गरेको छैन । यो परियोजना संचालन गर्दा म बजेट दिन्न भन्ने रणनीति चीनले लिएको छैन । नेपालमा जुन सरकार आउँछ त्यसलाई चीनले स्वागत गर्छ । चीनले नेपालसँग सम्बन्ध गाँसेको छ तर नेपाली जनतासँग सम्बन्ध गाँसेको अवस्था छैन । हाम्रो नजरमा चीन नश्लीयवादी होइन । यदि नेपाल सरकार नै मधेशको लागि नश्लीय भइदियो भने चीनले के गर्छ त ? नेपाल सरकारले भारत वा चीन कसैको लागि काम गर्ने वातावरण बनाइ दिएको छैन । भारत र चीनलाई दोष दिनुभन्दा पनि नेपाल सरकारकै दोष छ । त्यो गल्तीलाई सुधार्न जरूरी छ । नेपालभित्रका शासक वर्गले मधेशलाई उपेक्षा गर्ने बानीले यस्तो भएको हो ।

हो, हाम्रो सरकारको नीतिमा नै दोष छ । सरकारले हामीप्रति गरेको व्यवहारबाट नै प्रष्ट हुन्छ । कसैलाई दोष लगाएर हुँदैन । आफ्नै देशभित्रै यसको उपाय खोज्नुपर्छ र हामी आफ्नै देशको नीति र नेताले गर्दा पछाडि परेका हौँ ।

हामीले नाकाबन्दी र आन्दोलन गर्दा यहाँका शासक वर्ग खासमा एमालेका नेताहरूले चिनियाँ नेताहरूलाई भन्ने गरेका थिए कि उनीहरू भारतबाट आएका हुन्, उनीहरू मधेश प्रदेश लिएर भारतमै गएर मिल्छ जस्ता भ्रम फैलाएका थिए । तर, चीनलाई पनि यो कुरा विश्वास लागिरहेको थिएन । जसबाट चीनसमेत दोधारमा परको थियो । तर हामीले चीनलाई भ्रमणको समयमा यो सबै कुरा बुझाउन सफल भयौँ र उनीहरू पनि सकरात्मक भए ।

चीनले अहिलेसम्म बुझेको सायद मधेश आन्दोलनभन्दा पहिला नेपालमा पनि मधेशीहरू रहेका छन्, यिनीहरूको पनि पीडा छ, यिनीहरू पनि यो देशको मूलवासी हुन् भन्ने थाहा थिएन । मलाई लाग्छ कसैले हामीलाई चिनेको पनि थिएन । यति नजिकको सम्बन्ध रहेको भारतका नेतालाई पनि हाम्रै जातका, भेषभूषा, भाषा भएका जनताहरू नेपालका मधेशी समुदाय हुन् भन्ने थाहा थिएन भने चीनलाई त झन् कसरी थाहा होस् । ०६२÷०६३ को आन्दोलन तथा अहिलेको आन्दोलनबाट पूरै विश्वलाई नै चिनाएको अवस्था रहेको छ । आन्दोलनका समयमा पनि भारतको आग्रहमा सिमानामा गएर आन्दोलन गरे तर उनीहरू भारतबाट आएका हुन् भनेर प्रचार गरिएको थियो, यो कुरा चीनलाई यहाँका शासकवर्गले बुझाएका थिए ।

हामीले नाकाबन्दी र आन्दोलन गर्दा यहाँका शासक वर्ग खासमा एमालेका नेताहरूले चिनियाँ नेताहरूलाई भन्ने गरेका थिए कि उनीहरू भारतबाट आएका हुन्, उनीहरू मधेश प्रदेश लिएर भारतमै गएर मिल्छ जस्ता भ्रम फैलाएका थिए । तर, चीनलाई पनि यो कुरा विश्वास लागिरहेको थिएन । जसबाट चीनसमेत दोधारमा परको थियो । तर हामीले चीनलाई भ्रमणको समयमा यो सबै कुरा बुझाउन सफल भयौँ र उनीहरू पनि सकारात्मक भए । हामीले नेपालको इतिहासलाई कोट्याउँदै भन्यौं कि नेपालको सबभन्दा पहिला राजा मधेशी नै थिए । अहिलेका शासकवर्गहरू सबै भारतको कुमाउ, गढवाल, सिक्किम लगायतबाट आएका छन् भन्ने कुरा चीनलाई पनि थाहा छ । हामीले यो देशमा आफ्नो समान अधिकारका लागि आन्दोलन गरेको कुरा बुझाउन सफल भयौं ।

पहिले चीनको सम्बन्ध वामपन्थीसँग मात्रै हुन्थ्यो तर त्यसलाई अहिले परिवर्तन गरिसकेको अवस्था छ । भारतमा चीनले पहिला कम्युनिष्ट पार्टीहरूसँग मात्रै सम्बन्ध बनाएको थियो, तर अहिले परिवर्तन गरिसकेको छ । कुनै पार्टीलाई छोडेर जानुहुँदैन । राष्ट्रिय पार्टी जति सबैसँग मिलेर जानुपर्छ भन्ने नीति आएको छ । चीनले १६५ वटा देशका ४०० भन्दा बढी पार्टीसँग सम्बन्ध स्थापित गरिसकेको अवस्था छ । भारतमा चीनको सम्बन्ध जुन किसिमले भारतीय जनता पार्टीसँग छ त्यो कुनै पार्टीसँग छैन । अहिले भाजपाकै सरकार छ, भारत र चीनको व्यापार पूरा विश्वमा फैलिरहेको छ । त्यसकाणले चीनको नीतिमा अहिले परिवर्तन भएको छ ।

यो देशको चौथो राष्ट्रिय शक्तिको रूपमा मधेश केन्द्रित दलको उपस्थिति भएको छ । यस सन्दर्भमा मधेशमा चीनको लगानी आउने सम्भावना बढ्दै गएको छ । पहिलाको जस्तो चीनको लगानी अब पहाड केन्द्रित मात्रै हुँदैन । चिनियाँहरू मधेशमा लगानी गर्ने इच्छुक छन् । हाम्रो प्रदेश २ का सरकार र मेयरहरूले कति विकास गर्न सकछन्, त्यसमा भर पर्छ । अहिले रोक लगाइएको अवस्था छ यो दुःखद अवस्था हो । प्रदेश सरकार, मेयर, सांसदलाई विकास गर्न नदिए कसरी देश विकास हुन्छ । यहाँको नीतिमा परिवर्तन गर्ने हो भने हामीले चाहेको भन्दा पनि धेरै विकास हामीमाझ हुनेछ ।

चीनको अर्को एउटा नीति के आएको छ भने आफूमात्र सुखी र सम्पन्न भएर हुँदैन, छिमेक पनि सुखी र सम्पन्न हुनुपर्छ । छिमेकी सम्पन्न भएन आफ्नो पनि स्थायित्व हुँदैन । त्यसकारण पनि छिमेकीलाई सहयोग गर्नुपर्छ । छिमेकीको सुख शान्तिमा सहयोग गर्न सकियो भने आफ्नो पनि सुख, शान्ति र स्थायित्व हुन्छ । नेपालको वातावरण बिग्रन गयो भने चीन र भारत दुबै देशलाई असर गर्छ । वातावरण त महत्वपूर्ण विषय हो नि । चीनको वातावरणमा धेरै लगानी छ । वातावरण स्वच्छ, शान्त होस् उनीहरूको चाहना छ । यसका साथै छिमेकीलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने नीति हामीले पाएका छौँ । त्यसैको फलस्वरूप चीनले फोरमको टोलीलाई भ्रमणमा बोलाएको थियो ।

हामी यो देशको राष्ट्रिय राजनीतिक दलको रूपमा स्थापित भइसके पछि अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रतिनिधित्वबारे चीनको जिज्ञासा रह्यो । यसमा उनीहरू सकारात्मक नै छन् । यो सरकारले हाम्रो लागि तीनवटा मन्त्रालय राखेको छ । तपाइँहरू सरकारमा जानुहुन्छ कि हुन्न भन्ने कुरा चीनका साथीहरूले गर्नुभयो । सरकारमा जाने या नजाने भन्ने कुरा यहाँका शासक वर्गमा भर पर्छ । हामी मधेशी जनताको प्रतिनिधित्व गरेर आएका छौं । हाम्रा मागप्रति सत्तापक्षले प्रतिबद्धता जनायो भने जान पनि सक्छौं भन्ने कुरा हामीले बतायौं ।

हामीले विगतमा गरेका आन्दोलन र हाम्रा मागबारे चीन प्रष्ट छ । यो कुरामा उहाँहरू पनि सकारात्मक नै हुनुहुन्छ । हाम्रो संविधानमा के त्रुटी छ भन्ने कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । संविधानमा रहेका त्रुटिबारे नेपालका नेताभन्दा पनि चीनले राम्रोसँग अध्ययन गरेको छ । संविधान संशोधन गर्छ कि गर्दैन, सबैको सहभागिता गराउँछ कि गराउँदैन भन्ने जिज्ञासा चीनको छ । तर सबैलाई समेटेर संविधान संशोधन गर्नुपर्छ भन्ने चीनको धारणा हामीले पायौं ।(मधेश दर्पण)