प्रथम रिहाना स्मृति अधिराज्यब्यापी सिन्दोकाइनकान कराते प्रतियोगिता बैशाख अन्तिममा हुने भएको छ । नेपाल सिन्दोकाइकान कराते संघको आयोजनामा हुने प्रतियोगिता कीर्तिपुर नयाँबजारको खेल मैदानमा हुनेछ ।
एकदिने प्रतियोगितामा महिला र पुरुष गरी सात तौल समूहमा प्रतिस्पर्धा हुने महासचिव जगतबहादुर धामीले जानकारी दिए । प्रतियोगितामा पुरुष ३० केजीमुनि, ४० केजी मुनी, ५० केजीमुनि, ६० केजीमुनि र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलाले ४५ केजीमुनि र खुला तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया