अनाथ आश्रमलाई ६ लाखको खेल सामाग्री

अनाथ आश्रमलाई ६ लाखको खेल सामाग्री


विश्व तेक्वान्दो महासंघ (डब्लटिएफ) र नेपाल तेक्वान्दो संघले तेक्वान्दो केयर्स नेपाल कार्यक्रम मार्पmत अनाथ आश्रामलाई तेक्वान्दो सामग्री हस्तान्तरण गरेको छ । बेशाख १७ गते सोमबार नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा विभिन्न ९ आनाथ आश्रमलाई खेल सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले ९ संस्थालाई खेल समाग्री हस्तान्तरण गरेका हुन् । संघले कुल ६ लाख बराबरको खेल सामग्री ९ संस्थालाई हस्तान्तरण गरेको हो ।

खेल सामग्रीमा चेस्ट कभर, किकिङ प्याड, ग्रोइन गार्ड, सिन गार्ड, फोम गार्ड र हेड गार्ड रहेका छन् । सोही अवसरमा नयाँ समाज नेपालका प्रशिक्षक अर्जुनभक्त राइले संघले अनाथ बालबालिकालाई खेल प्रति बनाएको लगाव निकै साह्रानीय रहेको बताए ।

उनले यस्ता कार्यक्रम अगामी दिनमा पनि हुन सके तेक्वान्दो खेल नयाँ सिराबाट विकास हुने कुरा औल्याँए । सो अवसरमा संघका प्रवक्ता एवं सचिव दीपक विष्ट, केन्द्रीय सदस्य नोर्बु लामा र बद्री घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

यसअघि डब्लुटिएफकै सहयोगमा संघले ९ संस्थामा आफ्नै प्रशिक्षक मार्पmत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त तेक्वान्दो केयर्स नेपाल गत वर्षको मार्चदेखि डिसेम्बरमा सम्पन्न भएको थियो । सोही अवधिमा संघले अनाथ आश्रमबीच तेक्वान्दो प्रतियोगितालगायत विभिन्न कार्यक्रम गरिसकेको छ । उक्त कार्यक्रम मार्पmत कुल २ सय ९५ बालबालिका तेक्वान्दो खेलबाट लाभन्वित भएको संघले जनाएको छ ।