बाजुराकी लक्ष्मीले बिदुरमा किन गरिन् आत्महत्या ?

बाजुराकी लक्ष्मीले बिदुरमा किन गरिन् आत्महत्या ?


नुवाकोटको विदुरमा कार्यरत श्रीमान भेट्न पुगेकी एक महिलाले होटलमा आत्महत्या गरेकी छिन् । बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथले बिदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा आत्महत्या गरेकी हुन् ।

नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि बिदुर पुगेकी २४ वर्षीया लक्ष्मी मंगलबार अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरलाई उद्धृत गर्दै राससले जनाएको छ ।

होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट आउने क्रममा रहेकाले शव घटनास्थलबाट उठाउन बाँकी छ ।