सिद्धार्थनगरलाई हरियालीयुक्त बनाउन ‘हेबी इक्यिुपमेन्ट’द्वारा वृक्षारोपण

सिद्धार्थनगरलाई हरियालीयुक्त बनाउन ‘हेबी इक्यिुपमेन्ट’द्वारा वृक्षारोपण


पुनहरि बेल्बासे

रुपन्देहीको सिद्धार्थ नगरपालिकालाई हरियालीयुक्त र पर्यावरणमैत्री बनाउने उद्देश्यले रुपन्देही हेभी इक्यिुपमेन्ट व्यवसायी संघले नगरपालिकाको वडा नं. ९ स्थित अञ्चलपुरमा करिब ५० हजार मूल्यका स्वामी, फोस्टेल पाम लगायतका विरुवाहरु रोपेको छ । वृक्षारोपण अभियानअन्तर्गत नगरपालिकाको १३ वार्डको प्रतिनिधित्व हुने गरी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

विभिन्न संघ संस्थाले वर्षायाम शुरु भएपछि फेसनको रुपमा बिरुवा रोप्ने गर्छन्, तर ती बिरुवाको संरक्षण नहुँदा बर्षैपिच्छे लगाउने मात्रै काम भएकोले रुपन्देही हेभी इक्यिुपमेन्ट व्यवसायी संघले बिरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण, दैनिक पानी हाल्ने र त्यसक्षेत्रमा बारबन्धन गरी सडक बगैचा बनाउने लक्ष्य रहेको संघका अध्यक्ष महेश भट्टले जानकारी दिए ।

अभियानको शुभारम्भ गर्दै नगरप्रमुख हरिप्रसाद अधिकारीले नगरलाई हरियाली बनाउने अभियान सराहनीय भएको र यस्ता कार्यलाई नगरपालिकाले सधै उच्च प्राथमिकतामा राख्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । यो कार्यक्रमलाई नगरको सबै वडाहरुमा बिस्तार गर्नुपर्ने बताउँदै उनले नगरपालिका कार्यालयले पनि छिट्टै अभियान सुरु गर्ने बताए ।

बुद्धजयन्तिको अवसर पारेर गरिएको वृक्षारोपण कार्यक्रममा थप ८० हजार खर्च गरी बगैँचा निर्माण, तारजाली, दुबो लगाउने र रातिको लागि लाइट जडान गर्ने काम छिट्टै गर्ने संघका सचिव दिपेन्द्र यादवको भनाई छ ।