करातेको सकियो, तेक्वान्दोको छनोट शुरु

करातेको सकियो, तेक्वान्दोको छनोट शुरु


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले १८औँ एसियाली खेलकुद प्रतियोगिताका लागि तेक्वान्दो खेलाडीको छनोट हुने बताएका छन् । वैशाख १५ गते कराते खेलाडीको छनोट सम्पन्न भएको स्मरण गराउँदै केही दिनभित्रै तेक्वान्दो खेलाडीको पनि छनोट गरिने बताए । उक्त छनोट प्रतियोगिताका लागि राखेप छनोट समितिले चाँडै सूचना प्रकाशित गर्ने पनि जनाएका छन् । साथै कराते र तेक्वान्दोमा देखिएको विवादको समाधानको विकल्प नै खुला छनोट प्रतियोगिता नै हो भन्दै जसले उत्कृष्ट प्रदर्शन गर्छ त्यही खेलाडीले आगामी इन्डोनेसियामा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

तेक्वान्दोका दुवै राष्ट्रिय सङ्घका पदाधिकारीले कस्तो गतिविधि गरिरहेका छन् त्यो मलाई राम्रोसँग थाहा छ । साँचो अर्थमा भन्ने हो भने म भुक्तभोगी भइसकेको छु– सदस्यसचिव विष्टले भने । तेक्वान्दो सङ्घहरूले जस्तो गतिविधि सञ्चालन गरे पनि खेलाडी सङ्घले होइन देशले लाने हो, त्यसैले कुन सङ्घको खेलाडी लाने भनेर विवाद र बहस गर्नु त्यो आत्मसन्तुष्टि मात्रै हो । खेलाडी राष्ट्रका हुन्, उनीहरूमाथि राष्ट्रले लगानी गरेको छ, त्यसैले मेरो सङ्घको खेलाडी लानुपर्छ भन्नु दम्भ मात्रै हो– विष्टले भने । एसियाड चानचुने प्रतियोगिता होइन, ओलम्पिकपछिको दोस्रो ठूलो अफिसियल प्रतियोगिता हो । त्यसैले हामी त्यहाँ कसैको सिफारिस र कसैको इच्छाअनुरूप नभई छनोटबाट छानिएको उत्कृष्ट खेलाडीलाई लान चाहन्छौँ । हामीले उत्कृष्ट खेलाडी लाने हो, त्यसका लागि निकट भविष्यमै छनोट गर्दै छौँ, जो खेलाडी छनोट हुन्छ त्यही एसियाडमा जान्छ, हामीलाई कुनै सङ्घको होइन, नेपालको खेलाडी चाहिएको छ । जो तेक्वान्दोको छनोट प्रतियोगितापछि प्राप्त हुनेछ– विष्टले भने ।

एसियाडजस्तो महत्वपूर्ण प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई छोडेर कसैप्रति आस्थावान खेलाडीलाई लान मिल्दैन, यस्तो भए या गरिए त्यो खेलाडीमाथि मात्र अन्याय नभई राष्ट्रघात पनि हुनेछ– विष्टले भने, ‘त्यसैले म राष्ट्रघात गर्न चाहन्नँ, म मेरो उत्तरदायित्व के हो त्यो निभाउन चाहन्छु । त्यसको लागि म स्पष्ट छु, करातेकै जसरी तेक्वान्दोको पनि छनोट हुन्छ । त्यो दुवै पक्षले मान्नुपर्छ, नमाने के गर्नुपर्छ त्यसको लागि पनि म तयार भएर बसेको छु ।’

एसियाडजस्तो महत्वपूर्ण प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई छोडेर कसैप्रति आस्थावान खेलाडीलाई लान मिल्दैन, यस्तो भए या गरिए त्यो खेलाडीमाथि मात्र अन्याय नभई राष्ट्रघात पनि हुनेछ– विष्टले भने, ‘त्यसैले म राष्ट्रघात गर्न चाहन्नँ, म मेरो उत्तरदायित्व के हो त्यो निभाउन चाहन्छु । त्यसको लागि म स्पष्ट छु, करातेकै जसरी तेक्वान्दोको पनि छनोट हुन्छ । त्यो दुवै पक्षले मान्नुपर्छ, नमाने के गर्नुपर्छ त्यसको लागि पनि म तयार भएर बसेको छु ।’ यतिबेला विवाद होइन, समाधान र निकासको बाटो के हो, त्यसलाई आत्मसात् गर्नुपर्छ– विष्टको कथन थियो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धाक लगाएर खेलकुदलाई विवादमा पार्न खोज्छ त्यो खेलकुदको शुभचिन्तक कदापि हुन सक्तैन । त्यसैले राष्ट्रको सङ्घ र खेलाडी कसैका पेवा होइनन्, त्यो सबैले बुझ्नुपर्छ, नबुझे त्यसको परिणामको भागीदार पनि हुनुपर्ने विष्टले खुलासा गरे ।

जुँगाको लडाइँ गर्दा खेलकुदले बेथितिको सामना गर्नुपरेको कसैबाट छिपेको छैन, ‘अति धेरै भयो भने खति हुन्छ’ भन्दै विष्टले आफू खेलकुदलाई यो दुर्घटनाबाट बचाउन जस्तोसुकै कठोर कदम चलाउन पनि तयार भएको बताए । सङ्घको लडाइँमा खेलाडीलाई बलिको बोका बन्न नदिने प्रतिबद्धता जाहेर गरे । त्यसका लागि आफूले शक्तिको आडमा भन्दा पनि विधि र प्रक्रियालाई हतियार बनाउने विष्टको दाबी थियो । यसबाट पनि समाधान निस्केन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम–ऐनअनुसार विवादको हल निकाल्ने बताए । परिषद्को उद्देश्य भनेको उत्कृष्ट खेलाडीलाई एसियाडमा सहभागिता गराउने र राष्ट्रको लागि पदक जित्ने हो । त्यसैले पदक जित्ने खेलाडी नै पहिलो प्राथमिकता पर्ने विष्टले शङ्खनाद गरे । यो कुरा सम्बन्धित सङ्घले बुझ्नुपर्ने भन्दै खेलाडीहरूको भविष्यमाथि खेलवाड नगर्न चेतावनी पनि दिए ।

यतिबेला नेपाली खेलकुद ‘स्वर्णयुग’मा प्रवेश गरेको दाबी गर्दै विष्टले भने, ‘अन्तर्राष्ट्रिय पदक त्यसको लागि आभूषण हो, त्यो आभूषण १८औँ एसियाली खेलकुद प्रतियोगिता प्राप्त गर्न सकिन्छ, त्यो शुभअवसर अहिले नेपाललाई प्राप्त छ ।’ त्यसैले यतिबेला विवादले गरेर होइन, आपसी समझदारीले दूरदर्शी कदम चाल्नुपर्छ, ता कि त्यसको परिणाम कुनै मधुर सङ्गीत र मीठो फलजस्तै होस् । एसियाडमा कांस्य पदक मात्रै नेपालको टार्गेट होइन, अब त्यसभन्दा ठूलो पदक जित्न सक्नुपर्छ, जसले नेपालले एसियाली खेलकुदमा पाएको रजत पदकलाई गौरवान्वित तुल्याउन सकोस्, त्यो नेपालले ख्यालख्यालमा वा चिट्ठामा परेर नभई खेलेर जितेको थियो भन्ने । अहिले आफू त्यसैको रणनीतिमा अगाडि बढेको खुलासा गर्दै नेपालले इन्डोनेसिया एसियाडमा ऐतिहासिक उपलब्धि हासिल गर्ने विष्टले बताए । त्यसैले झिनामसिना कुरामा समय बर्बाद गर्नुभन्दा फराकिलो छाती बनाउनुपर्ने अहिलेको आवश्यकता भएको विष्टले प्रस्ट पारे । त्यसका लागि आफूले साम, दाम, दण्ड र भेदको रणनीतिको अख्तियार गरेको भन्दै राष्ट्रिय सङ्घहरूले त्यसमा होस्टेमा हैँसे गर्नुपर्ने बताए ।

एसियाडमा सहभागिता जनाउने खेलहरूको लगभग छनोट पूरा भइसकेको छ । तेक्वान्दोको विवादका कारण अहिलेसम्म अन्तिम छनोट हुन सकेको छैन । दुईवटा तेक्वान्दो सङ्घले राखेपकै निर्देशनमा एसियाडका लागि छुट्टाछुट्टै तयारी गरे पनि अन्तिम छनोट हुन भने सकेको छैन ।

१८औँ एसियाली खेलकुद प्रतियोगिता आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुँदै छ । जसमा नेपालले २७ खेलहरू आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकताक्रो, उसु, स्पोर्टस् क्लाम्बिङ, प्याराग्लाइडिङ, कुराँस, पेनकक सिटेल र स्केटबोर्डमा सहभागिता जनाउने पक्का भएको छ । यीबाहेक अन्य तीनवटा खेललाई पनि सहभागी गराउने र प्रयासमा परिषद् लागेको छ । सरकारले बजेट उपलब्ध गराएको खण्डमा ती वैकल्पिक खेलहरू एसियाडमा समावेश हुन सक्ने देखिएको छ ।

यतिबेला एसियाडमा सहभागिता जनाउने खेलहरूको लगभग छनोट पूरा भइसकेको छ । तेक्वान्दोको विवादका कारण अहिलेसम्म अन्तिम छनोट हुन सकेको छैन । दुईवटा तेक्वान्दो सङ्घले राखेपकै निर्देशनमा एसियाडका लागि छुट्टाछुट्टै तयारी गरे पनि अन्तिम छनोट हुन भने सकेको छैन । यसका लागि राष्ट्रिय तेक्वान्दो सङ्घले अन्तिम छनोट चाँडै यथाशीघ्र गर्नुपर्नेमा जोड दिँदै आएको छ भने नेपाल तेक्वान्दो सङ्घ आफ्ना खेलाडीले मात्र एसियाडमा सहभागिता जनाउने कुरामा दम्भ प्रस्तुत गर्दै राखेप र एनओसीलाई दबाब दिँदै आएको छ । तर, सदस्यसचिव विष्टले नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीको यो अडानलाई उपेक्षा गर्दै तेक्वान्दो खेलको छनोट प्रतियोगिता गराउने र त्यही छनोट प्रतियोगिताबाट छनोट हुने खेलाडीलाई आगामी एसियाडमा सहभागिता गराउने प्रतिबद्धता जाहेर गरिसकेका छन् । विष्टले तेक्वान्दो छनोट प्रतियोगिता हुने बारम्बार दोहो¥याउँदै आए पनि छनोट प्रतियोगिताको मिति भने अहिलेसम्म तोकेका छैनन् । तसर्थ अहिले पनि एसियाडमा तेक्वान्दोेको सहभागिता अन्योलमा परेको छ । घटना र विचारसँग गरेको कुराकानीमा सदस्यसचिव विष्टले यसै साता तेक्वान्दोको खुला छनोट प्रतियोगिताको लागि सूचना प्रकाशित गरिने जानकारी गराएका छन् । हेरौँ, अब विष्टले समयले नेटो काटेपछि सूचना प्रकाशित गर्छन् कि समयमै त्यो प्रतीक्षाको विषय बनेको छ ।