जबरर्जस्ती करणी गरेको अभियोगमा कानून व्यवसायी नै पक्राउ

जबरर्जस्ती करणी गरेको अभियोगमा कानून व्यवसायी नै पक्राउ


भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।

भट्टराई जिल्ला अदालत बार एशोसिएशन चितवनका साधारण सदस्य हुन् ।