यसलाई फास्ट ट्रयाक भन्ने कि फासिष्ट ट्रयाक ?

यसलाई फास्ट ट्रयाक भन्ने कि फासिष्ट ट्रयाक ?


– सोम सिंह

नेपाली राष्ट्रिय सेनामा फास्ट ट्रयाकबाट बढुवा गर्ने प्रणाली भित्र्याइनुको उद्देश्य खराब थिएन, होइन । तर गलत अभ्यासका कारण ‘फास्ट ट्रयाक’ नै गलत हो कि भन्ने सन्देश प्रवाहित हुन थालेको छ । राम्रा मान्छेलाई मौका दिने भन्दा पनि आफ्ना मान्छेलाई ‘पुरस्कार’ दिने कडीको रूपमा ‘फास्ट ट्रयाक’को अवधारणा प्रयोग हुन थालेकोले सेनाभित्र यसले नकारात्मक असर पार्ने सम्भावना देखिएको छ ।

गोर्खाली सेनापछि परिवर्तित भएर आएको नेपाली सेनाको आधुनिक इतिहासमा एसिड टेस्टको रुपमा बहुचर्चित लडाइँ भनेको माओवादी द्वन्द हो । सो द्वन्द्वलाई छल्न विवेकहीन तर पावरफुल जनरलहरूले विभिन्न समस्या दर्शाउँदै फन्टुस बहानामा काठमाडौंवरपर लुकेर मात्र बस्ने काम गरे । फिल्डमा नै परिचालित भएता पनि ब्यारेकबाहिर खुट्टै नहाल्ने, तर मातहतका फुच्चे कमान्डरहरूलाई युद्धको ठुल्ठुलो डिङ हाँक्नेहरूले फास्ट ट्रयाकलाइ पूरै आफ्नो अभिष्ट पूरा गर्न भरपुर प्रयोग गरे ।

पहिलो फास्ट ट्रयाकमा बोर्डबाट राजनैतिक र ब्युरोक्र्याट्सका आफन्तहरूलाई उकास्ने कामको श्रीगणेश भयो । सो बोर्डबाट पदोन्नति पाउने चर्चित अनुहारमध्ये पंकज, प्रयोग, लव, शंकर र योगराजको छनोटबाट नै फास्ट ट्रयाकको दुरूपयोग भयो भन्ने ठानिन्छ । तत्पश्चात नै राजनैतिक तथा विशिष्ट श्रेणीका ब्युरोक्र्याट्सनिकटका फिल्ड अफिसरहरूको बोलवाला शुरूवात भयो ।

पहिलो फास्ट ट्रयाक बढुवामा २६ वेसिकका, नेपाल तारा प्राप्त गरेका, स्टाफ कलेजमा पुर्ण सफलता पाएका र तत्कालिन माओवादी विद्रोहीविरुद्धका अप्रेशनमध्येमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ‘सेनातर्फको पासाङ’ भनेर चिनिने रमेश थापा मगर जस्ता विशुद्ध लडाकुसमेत अटाउन सकेनन् । पवन पाण्डेको ‘पारिवारिक बोर्ड’को निर्णयअनुरूप लिस्टले सहजै घरको बाटो देखाउने कुचेष्टा गर्यो । यहाँसम्म कि २६ बेसिकतर्फबाट पदोन्नति पाउने अधिकृतहरूको वास्तविक एसिआर रिपोर्टलाई समेत रातारात परिवर्तन गरिएको विशेष सुत्रको दाबी छ ।

द्वन्द्वकालमा नवल शाह नभइनहुनेसम्मको अवस्था पैदा भएको थियो, पश्चिमतिरका फोर्स कमाण्डरहरूलाई । उनी त्यही ब्यक्ति थिए जसले द्वन्द्वकालमा बाबुरामलाई माओवादीले श्रम शिविरमा राखेको गोप्य सुचना डिएमआईलाई जाहेरी दिएका थिए । तर, चाहिने भन्दा धेरै जान्ने जर्नेलले के के न पुरस्कार नै पाउँला झैँ गरि यसलाई हत्त न पत्त मिडियामा ल्याइदिए । जसको कारण विदेशीले खेल्ने मौका पायो र माओवादी विदेशीको शरणमा पुग्ने स्थिति बन्योे ।

२६ वेसिकका बाँकी तथा २७ का अगाडि रहेकाहरूलाई समेत बोर्डमार्फत असर पर्ने गरी पदोन्नति दिइएको बताइन्छ । द्वन्द्वकालमा पुरै जिल्ला ‘खरानी’ भएता पनि लडाइँमा बाँचेका तत्कालीन गुल्मपतिलाई समेत पदोन्नतिको ताज पहिराइयो । तत्पश्चात बोर्डहरूमा भएको दृष्टान्त अझै संस्थाविरोधि तथा राष्ट्रिय सेनाको छबिलाई धुमिल पार्ने खालको देखिन्छ । यसको प्रयोग चाप्लुसी गराउनका लागि र आफ्नो अभिष्ट पुरा गर्नको लागि भएको देखिन थाल्यो । एउटा बोर्डमा कारवाहीमा परेर नाम कट्टा गरेको व्यक्तिलाई अर्को बोर्डले पुरानै कोरमअनुरूपले नम्बर १ मा बढुवा गरेको पनि दृष्टान्त देखियो । कारवाहीको भागीदार हुनुपर्नेलाई नै बोर्डले सुनौलो अवसर दिएको अवस्था पनि रह्यो ।

प्राप्त नम्बर अरू प्रतिस्पर्धीभन्दा धेरै नभए पनि खास कारणचाहिँ उनी मन्त्रीको आफन्त भएको बुझियो । फास्ट ट्रयाकबाट सबैभन्दा लाभ प्राप्त गर्ने २७ बेसिकका भाग्यमानी अधिकृत देखिए । यस समयका मुख्य योजनाकार पवन पाण्डे देखिए । उनले सेनाबाट बिदा हुनुअगावै २६, २७ र २८ बेसिकका सक्षम अधिकृतहरूलाई सेवाबाट घरको बाटो देखाइदिएका थिए ।

फास्ट ट्रयाकको लाभ चितवन घर भएका तत्कालिन सचिवका नातेदार तथा प्रचण्डका खास मान्छे प्रधानसेनापतिका ज्वाइँलाई प्राप्त भयो । सिलवाल थरका अधिकृत जो खारा काण्डपछि युद्धभैरबको फौज लिएर रुकुम जाँदा आफ्नो फौजलाई बिद्रोहीले नोक्सानी पुराउँदा समेत लुकेर बसेको भनी तत्कालीन १० बाहिनीपतिको २४घन्टे कारवाहीमा परेका तथा लप्टन हुँदा शान्तिसेनामा तेल बेचेको काण्डसमेत लागेकाहरू पनि प्रमोसनको भर्याङ रफ्तारका साथ चढिरहेका छन् ।

माओवादी विद्रोह उत्कर्षको बेला मध्यपश्चिमदेखि सुदुरपश्चिमलगायत पश्चिम नेपालको कुनै पनि स्थानमा माओवादी विद्रोहविरुद्ध लगातार भिड्न जाने विद्रोहीहरूलाई परास्त गर्ने अनि जुनसुकै कठिन कार्यमा अहोरात्र खटिने विशेष फौजका लडाकु प्र.से. नवल शाह अग्रस्थानमा हुन्थे । पाण्डे जर्साबले फास्ट ट्रयाकलाई हतियारको रूपमा प्रयोग गरि प्र.से. शाहलाई कोपभाजनमा पारे । जो लप्टनदेखि नै हक्की स्वभाव भएका तर गलत कुरालाई गलत नै भन्ने निडर तथा चाकडी–चाप्लुसी नगर्ने अधिकृतमध्येमा गनिन्थे । द्वन्द्वकालमा नवल शाह नभइनहुनेसम्मको अवस्था पैदा भएको थियो, पश्चिमतिरका फोर्स कमाण्डरहरूलाई । उनी त्यही ब्यक्ति थिए जसले द्वन्द्वकालमा बाबुरामलाई माओवादीले श्रम शिविरमा राखेको गोप्य सुचना डिएमआईलाई जाहेरी दिएका थिए । तर, चाहिने भन्दा धेरै जान्ने जर्नेलले के के न पुरस्कार नै पाउँला झैँ गरि यसलाई हत्त न पत्त मिडियामा ल्याइदिए । जसको कारण विदेशीले खेल्ने मौका पायो र माओवादी विदेशीको शरणमा पुग्ने स्थिति बन्योे ।

फुदुङ जर्नेल त माओवादीको निकट रही काम गरेकोे पछि पुष्टि भयो । पाण्डे जर्साबले अर्घाखाँची माओवादीले हान्दैछ भन्ने सुचनालाई ‘माओवादीले पनि रेडियो फ्रिक्वेन्सीमा गफ गर्न शुरू गर्न थालेछ’ भनेर खिसी गरेर उडाइदिएका थिए । तर सेनाले किन हो सेनाविरूद्व विप्लपमा जाने कसैलाई कोर्ट मार्शल गर्ने तत्परता देखाएन ।

फुदुङ जर्नेल त माओवादीको निकट रही काम गरेकोे पछि पुष्टि भयो । पाण्डे जर्साबले अर्घाखाँची माओवादीले हान्दैछ भन्ने सुचनालाई ‘माओवादीले पनि रेडियो फ्रिक्वेन्सीमा गफ गर्न शुरू गर्न थालेछ’ भनेर खिसी गरेर उडाइदिएका थिए । तर सेनाले किन हो सेनाविरूद्व विप्लपमा जाने कसैलाई कोर्ट मार्शल गर्ने तत्परता देखाएन । गिरीजाले घर पठाइदिएका सेनाको लागि लायक प्रदिपबम मल्ल जर्साबले ‘त्यो सेनाको मनोबल कमजोर पार्ने कुनचाहिँ पागल हो’ भनी हेडक्वार्टर हल्लिने गरि पड्किएका थिए । पछि उनलाई सेना बदनाम नहोस् भनी थुमथुमाएर राख्नु परेको थियो । प्रदिप जर्साबलाई पछि धेरै बहाना पारेर सेनाबाट अवकास दिने प्रपञ्च रचियो जो सेनापतिको क्याण्डिडेट थिए । यसमा पनि अघोषित सल्लाहकार जर्नेलकै हात भएको बताइन्छ ।

त्यसबेलाका खेलाडीहरूको दुई वर्ष चार महिनाको ‘हिटलरी शासन’मा फास्ट ट्रयाकलाई गलत तरिकाबाट प्रयोग गरेर होनहार अधिकृतहरू यसरी नै सेवाबाट अलग गरिँदै लगियो । २८ बेसिकका सधैँ तालिम तथा काम, कर्तव्य निर्वाह गर्नमा अब्बल ठहरेका धेरै अधिकृतहरूलाई घर पठाएर २७ बेसिकका विशिष्ट थर भएका, राजनैतिक छबि भएका, बेसिकका चम्चे अधिकृत भनेर चिनिने २–४ जनालाई पल्टनमा सुर्ती बाँडेझैँ तक्मा बाँडि अगाडि ल्याउन सफल भएका थिए पवन पाण्डे । गौरवलाई कुनै मुद्धामा फसाएर चिफ बन्नेसम्म सोच पालेर पाण्डे बसेका थिए भन्ने निजका निकटवर्तीहरूको भनाई छ । फास्ट ट्रयाकको अवधारणा धेरै उपयोगी भएता पनि यसलाई आफ्नो मान्छे छान्नमा मात्र भरपुर दुरूपयोग गरियो । उता छत्रमानको पालामा उनका नातेदारहरू, ज्वाइँ र भाइसमेतलाई माथि तान्न यो योजनालाई प्रयोग गरियो । प्रधानमन्त्री बाबुराम माओवादीबाट छिरेका अफिसरको फास्ट बढुवा हुने देखेपछि फास्ट ट्रयाक बढुवामा सहमत भएका थिए, तर पछि लागू गर्ने बेलामा छत्रमानको अवकाश भयो ।

पीडित भएता पनि विभिन्न कारणले घर गएका अधिकृतहरू राष्ट्रको सच्चा सिपाहीको पहिचान समय आएपछि देखाउने छौँ भनि प्रण गरि बसेका छन् । हाल आएर तत्कालिन प्रधानसेनापतिले उक्त अधिकृतहरू पदोन्नति नभएकोप्रति पछुताउँदै ‘पवनले आँखामा छारो हालेर फसाए’ भन्दै गुनासो गर्ने गरेका छन् भनिन्छ । प्रधानसेनापतिको छाया सेनापति भनेर चिनिने पाण्डे जर्नेलले आफु प्रधानसेनापति हुने वातावरण तयार पार्न पो यो ट्रयाकलाई बडो चतुर्याँइका साथ प्रयोग गरेका थिए भन्ने पछि आएर चाल पाएको बताइन्छ । जसका कारण राजनैतिक तथा विशिष्ट श्रेणीका सरकारी कर्मचारीहरूका ऐरेगैरे, धुपौरे फिल्ड अफिसरहरूको बोलावाला शुरु भयो नेपाली सेनाको जंगी अड्डाभित्र । पवन जर्नेल साहेबको खोटो नियतका साथ बढुवा दिइएको कारण २६ बेसिकका बाँकी र २७ बेसिकका मेरीटहरू तथा अल्फाहरूको भविष्य डामाडोल भयो । राम्रो उद्देश्य राखेर बनाइएको सैनिक अधिकृत वृत्ति विकासको नियम जर्नेल पाण्डेको कारण शुरूवातबाट नै विवादित हुन पुग्यो । तत्पश्चात बोर्डहरूमा भएको दृष्टाष्त संस्थाविरोधि तथा राष्ट्रिय सेनाको छबिलाई धुमिल पार्ने खालका हुँदै गए । सेनाभित्र मलजल गरेका राजनैतिक आवरणका झोलेहरू लगायत सचिवहरूका भाइभतिजाबाट अन्तिम अवस्थामा पाण्डे जर्सााबको सेनापति बन्ने सपना पुरा गर्न कुनै खासै भूमिका निर्वाह गर्न सकेनन् ।

सेनाभित्र अर्को चित्त नबुझ्ने कुरा भनेको समयमा बढुवा नहुनु पनि हो । बढुवा रोकिने मुख्य कारणमध्ये आफ्नो मान्छेलाई कुन समयमा बढुवा लिस्टमा निकाल्दा सहजै माथि जाने सम्भावना हुन्छ, सेनापति
त्यसकै पर्खाइमा हुन्छ । उता प्रहरी र अर्धसैनीक बलमा धेरै जुनियर त्यस संस्थाका प्रमुख भइसक्दा सेनामा भने प्र.से. बन्न धौ–धौ हुन्छ, कतिपय त मेजरमै घरको बाटो तताउँछन् ।

सेनापति खुराफाती होइन, सेनापति भनेको संस्थालाई एक ढिक्का राख्ने नेतृत्व विकास गर्ने खालको हुनुपर्छ, परिपक्व हुनपर्छ । सेना भनेको पढ्ने र पढाइमा अब्बल मात्रै हुने हो भने फिल्डमा लड्न जान बन्दुक र हतियार चलाउन जान्नुपर्ने थिएन होला । फेरि लडाइँ बन्दुक र हतियारले मात्र लड्ने होइन, लड्नको लागि टेबलमा बसेर प्लान र स्ट्राटेजि बन्न जरुरी हुन्छ । आफ्नो मान्छे कमजोर भएता पनि फास्ट ट्रयाकमार्फत अगाडि बढाउनको लागि नम्बर बढ्ने खालको शीर्षकहरू राख्न थालियो । विभिन्न फिल्डमा कमजोरी देखिए, कुनै तालिम नदेखिए, कमाण्डिङ्ग कमजोरी देखिए, नम्बर कमजोरी भए आफुले तान्नुपर्ने मान्छेलाई फुलिका फुलि झुण्डाइदिने प्रवृत्ति देखिन थाल्यो । फुली मकैभटमास खाजामा दिए झैँ बाँड्न थालियो । भुकम्प गएको केन्द्रबिन्दु दोलखा कमाण्डरलाई छोडेर उत्कृष्ट पदक रामेछापको कमाण्डरलाई आफ्नो मान्छे भएको भरमा दिइयो । वार्षिक मुल्यांकन हुने पवित्र संस्कृत भाषाको शब्द नेकिबधिलाई दुरूपयोग गरियो । भनिन्छ कमान्डरले दिने असीभन्दा बढि अंक दिए, किन, केका लागि भनेर कारण खुलाउने र कमान्डरले स्पष्टीकरण दिनुपर्ने हुन्छ, तर यहाँ नब्बेभन्दा माथि दिएर हामीलाई जबर्जस्ती तल पार्यो भनेर हेडक्वार्टरमा चर्चाको विषय बन्ने गरेको छ । ३६ बेसिकको म.से. हुने चारमध्ये उत्कृष्ट हुने एकजनाले तक्मा भिर्ने अवसर पाएका छैनन् तर अन्य तीनले पटक–पटक तक्मा भिर्ने शौभाग्य पाएका छन् ।

सेनाभित्र अर्को चित्त नबुझ्ने कुरा भनेको समयमा बढुवा नहुनु पनि हो । बढुवा रोकिने मुख्य कारणमध्ये आफ्नो मान्छेलाई कुन समयमा बढुवा लिस्टमा निकाल्दा सहजै माथि जाने सम्भावना हुन्छ, सेनापति त्यसकै पर्खाइमा हुन्छ । उता प्रहरी र अर्धसैनीक बलमा धेरै जुनियर त्यस संस्थाका प्रमुख भइसक्दा सेनामा भने प्र.से. बन्न धौ–धौ हुन्छ, कतिपय त मेजरमै घरको बाटो तताउँछन् । ‘फास्ट ट्रयाक’लाई ‘फासिष्ट ट्रयाक’तिर लेफ्ट राईट गरेर अगाडि बढाउन साटो यसको महत्वलाई बेलैमा बुझ्नु अत्यावश्यक छ । यसमा तल्लो दर्जालाई पनि उपलब्धि र उपयोगिता हुने नियम ल्याउन अत्यन्त जरुरी छ ।

तल्लो दर्जा तथा सकल दर्जामा जाने सिपाही बढुवा, युएनको लोभले र सरूवा हुने आकाङ्क्षाका साथ गएका हुन्छन् । कोहि लाभको ठाउँ पाइरहेका हुन्छन्, हुनेको बढुवा भइरहेको हुन्छ, कोहि एकपटक पनि पिसकिपिङ जान पाउनुलाई भाग्य सम्झन्, देवीदेउता भाक्छन्, कैयौँलाई राम्रो मौका मिलिरहेको हुन्छ । जोडाको भाग्य देखेर कोही मुर्मुरिएर बसिरहेका हुन्छन् । किन समानता छैन सेनामा ? किन जहिल्यै रासन तथा अन्य ठेक्कामा विवाद भइरहन्छ ? यसलाई बेलैमा उपचार नगरे यसले भयावह स्थिति जन्माउने छ ।

तसर्थ, भ्रष्टाचार उन्मुलन गर्नु, सकल तथा अधिकृत तथा अन्य दर्जाको हक र हितलाई सम्मानजनक व्यवहार नभएसम्म र फास्ट ट्रयाकलाइ सदुपयोग नगरे सेनामा विद्रोह हुन सक्छ । फास्ट ट्रयाक कुनै पनि हालतमा फासिष्ट ट्रयाक हुन र त्यसलाई रोक्न सम्पूर्ण सकल र अधिकृत दर्जा तथा अन्य दर्जा बेलैमा सचेत हुन अत्यन्तै जरुरी छ । सलाम नेपाली सेना !