‘रमपम उदयपुर गोल्डकप’ वैशाख २९ गतेदेखि

‘रमपम उदयपुर गोल्डकप’ वैशाख २९ गतेदेखि


पाँचौँ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता वैैशाख २९ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । आज (वैशाख २० गते) बसेको उच्चस्तरीय सल्लाहकार समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उदयपुर गोल्डकप बैशाख २२ गतेदेखि सञ्चालन हुनुपर्ने भए पनि विविध कारणवश निर्धारित समयमा सञ्चालन हुन नसकेको सल्लाहकार समितिको बैठकले जनाएको छ । सल्लाहकार समितिको वैठकले प्रतियोगितालाई निर्धारित समयभन्दा एक साता पछि सार्ने निर्णय गर्दै वैशाख २९ गतेको मिति तोकेको हो ।

उक्त सल्लाहकार समितिको बैठकमा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख, उपप्रमुख, प्रदेशसभाका सदस्य, प्रमुख जिल्ला अधिकारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा प्रमुख, त्रियुगा नगरपालिकाका वडा अध्यक्ष र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।