कराँते च्याम्पियनसिपलाई २ लाख सहयोग

कराँते च्याम्पियनसिपलाई २ लाख सहयोग


करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराते संघलाई आर्थिक सहयोग प्रदान गरेका छन । वैशाखको अन्तिम साता हुने कराते च्याम्पियनसिपका लागि संघका उपाध्यक्षसमेत रहेका आरकेको नेतृत्वमा २ लाख नगद प्रायोजन भएको हो ।

संघले आयोजना गर्न लागेको यो दोस्रो संस्करण हो । दोश्रो संस्करणमा संघले खेलाडीहरुलाई सर्वाधिक पुरस्कार प्रदान गर्ने घोषणा गरेको गरेको थियो । तर दोश्रो च्याम्पियनसिपमा पनि सोचेको जस्तो प्रायोजन नआएको कारण उपाध्यक्ष आरकेले व्यक्तिगत रुपमै प्रायोजन गरेको जानकारी गराएका छन् ।

उक्त प्रतियोगिताका लागि मोहन खड्का, रबिन्द्र खड्का, रबिन चाम्लिङ, गणेश पन्त, राजु अधिकारी, गोपाल रेग्मी, शशी खड्का, सागर गुरुङ, पिताम्बर न्यौपाने र कान्छा शेर्पाले आर्थिक प्रायोजन गरेका हुन् ।

प्रायोजन रकम संघका उपाध्यक्ष आरके श्रेष्ठ पहारीले संघकै महासचिव प्रेमनाथ श्रेष्ठलाई प्रदान गरेका थिए । दोस्रो आइकेकेअफ नेपाल क्योकुशिन कराते च्याम्पियनसिप आगामी बैशाख २८ र २९ गते हुँदैछ । प्रतियोगितामा २२ जिल्लाका २ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ३०–४० केजी, ५५ केजीमुनि र पुरुष खुल्ला तथा महिलामा ४०–५० केजी तौलसमूहमा प्रतिस्पर्धा हुने संघका महासचिव प्रेमनाथ श्रेष्ठले जानकारी दिए ।

त्यस्तै खुलातर्पm पहिलो स्थान हासिल गर्नेले २० हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् ।