दोलखा रेटिङ कपको उपाधि आशिषलाई

दोलखा रेटिङ कपको उपाधि आशिषलाई


आशिष फुृयाँलले श्याम बहादुर श्रेष्ठ स्मृति छैटो दोलखा रेटिङ कप चेस प्रतियोगिताको उपाधि जितेका छन् । ६ चरणको प्रतियोगितामा आशिषले ५.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका हुन ।

प्रतियोगिताको पाँचौ चरणमा राजीव कार्कीलाई पराजित गरेका आशिषले छैटौ चरणमा विमल भण्डारीसंग बराबरी गरेका थिए । प्रतियोगितामा ५ अंक जोडेका गोबिन्द श्रेष्ठ दोश्रो तथा ४.५ अंक जोडेका राजीव कार्की तेश्रो भए । समान अंक भएका विमल चौथो भए । यसैगरी, ४ अंक भएका कमल चौलागाइ पाचौ, केबल खत्री छैटौ तथा गेहेन्द्र आचार्य सातौ भए ।

विद्यालय तर्फ समिर पोखरेल पहिलो, सहदेव चौलागाइ दोश्रो, युवराज प्रधान तेश्रो, सुप्रन श्रेष्ठ चौथो तथा रोमन श्रेष्ठ पाँचौ भए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत र विशेष अतिथि श्याम बहादुर श्रेष्ठका छोरा स्वस्तिक श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।