जीपी कोइराला करातेमा लैनचौर टिम च्याम्पियन

जीपी कोइराला करातेमा लैनचौर टिम च्याम्पियन


आयोजक लैनचौर डोजो पाँचौं जीपी कोइराला स्मृति खुला कराते प्रतियोगिताको सिनियरमा टिम च्याम्पियन बनेको छ । लैनचौरले ९ स्वर्ण, ६ रजत र १६ कांस्य जित्दै टिम च्याम्पियन बनेको लैनचौर डोजोका प्रमुख रामकुमार थारुले जनाएका छन् ।

दोश्रो भएको बालबाटिकाले ५ स्वर्ण, ३ रजत र ४ कांस्य हात पारेको थियो । २ स्वर्ण, ४ रजत र ५ कांस्य जितेको काभ्रेले तेश्रो स्थानमा चित्त बुझायो । जुनियरमा टिम च्याम्पियन बनेको न्यु लिराले १३ स्वर्ण, ८ रजत र २२ कांस्य प्राप्त ग¥यो । बाग्लुङ डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई नागर्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलगायतले पुरस्कृत गरेका थिए । त्यसअघि प्रतियोगिताको नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । प्रतियोगितामा सिनियर र जुनियरमा गरी ४५ स्पर्धामा ३ सय ७३ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।