राष्ट्रिय खेलकुद परिषद्ले इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि कुस्ती खेलाडी छनोट गर्न छनोट समिति गठन गरेको छ । राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरिएको हो ।
समितिका सदस्यमा तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक अर्जुनबहादुर विक, कुस्ती मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया