दोश्रो खोटाङ हलेसी अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खोटाङ सदरमुकाम दिक्तेल बजारमा बिहिबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराइले उदघाटन गरे । आयोजक कमिटीका प्रमुख जिल्ला समन्वय समित खोटाङका प्रमुख बबी चाम्लीङ राइको सभापतीत्वमा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य राजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालीकाका प्रमुख दिप नारायण रिजाल र हलेसी तुवाचुङ नगरपालीकाका प्रमुख इवन राइ लगायतको उपस्थिति थियो ।
नेपाल सितेरियो कराते डो संघ जिल्ला साखा डोजो खोटाङको आयोजनामा जारी प्रतियोगितामा तीन देशका १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, राराबेसी गाउँपालिका र ऐंसेलुखर्क गाउँपालिकाको विशेष सहयोय रहेको खोटाङ सितेरियो कराते संघका अध्यक्ष सञ्जय राइले बताए । प्रतियोगिताको पहिलो दिन भएको महिला टिम कातामा नेपाल आर्मी क्लब पहिलो, भारतीय टोली दोश्रो तथा आयोजक टोली तेश्रो भएको छ ।
प्रतिक्रिया