तेक्वान्दो टोली वैदशिक प्रशिक्षणका लागि कोरिया प्रस्थान

तेक्वान्दो टोली वैदशिक प्रशिक्षणका लागि कोरिया प्रस्थान


वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो खेलाडी बैशाख २० गते विहिवार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । ५–५ पुरुष/महिला खेलाडीसहित ११ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातादोबाटोमा बिदाइ गरेका थिए ।

उक्त बैदेशिक प्रशिक्षण पुरुषतर्फ सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन् । त्यस्तै महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन् । प्रशिक्षकमा संगीना वैद्य छिन् ।

भुपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघले जनाएको छ । उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा करिब ३ महिना प्रशिक्षण गर्ने कार्यक्रम छ ।