राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताए । ‘पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ’, उनले भने, ‘सडकको सहज पहुँच नभएकाले…