खुद्रा व्यवसायीलाई मूल्यसूची राख्न निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्य रूपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरूपता कायम राख्न आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्यवृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको जानकारी गराएका थिए ।…