कम्युनिस्टहरू द्वन्द्वात्मक भौतिकवाद नै एक मात्र समाज विकासको मूल मन्त्र सम्झन्छन् । अन्ततोगत्वा सधैं शान्ति सापेक्ष रहेकै हुन्छ । उनीहरूले वर्गीय सङ्घर्षको कारण द्वन्द्वात्मक भौतिक आवरण दिइरहेका हुन्छन् । उनीहरू शान्ति र आर्थिक विकासबीच अन्तरसम्बन्धका कुरालाई विशेष ध्यान दिनुभन्दा द्वन्द्वलाई स्वाभाविक ठान्छन् । समन्वयभन्दा सङ्घर्षमा ध्यान दिई शक्ति बन्दुकको नालबाट आउँछ भनी विश्वास गर्छन् ।…