भूमध्य सागर पार गरेर एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा पुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरै वटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली पुगेको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ । लाम्पेडुसाका मेयरले मानवतस्करले आजभोलिको शान्त र न्यानो भूमध्य सागरको फाइदा उठाउँदै ठूलो संख्यामा…