पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ । पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गरेका थिए, तर लागू हुनका लागि रुसको संसदबाट पारित हुनुपर्ने र उनबाट हस्ताक्षर गरिनुपर्ने थियो । क्रेमलिनले शनिबार (९ नोभेम्वर)…