आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न बाह्र संस्था तथा व्यक्तिको नाम उल्लेख गरी तीविरुद्ध किटानी जाहेरी दिएकी छन् । आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी हुन् । घटनाको अनुसन्धान गरी पाऊँ भनी अधिकारीबाट किटानी जाहेरी परेको परिसरका प्रमुख,…