आफ्नो लाभका निम्ति यतिसम्म गर्छन् कर्मचारी

कर्मचारीतन्त्रका कतिपय संयन्त्र निर्लज्ज ढङ्गले हाकाहाकी राष्ट्रहितविरुद्ध केन्द्रीत रहेको पाइएको छ । त्यसको ज्वलन्त दृष्टान्त नागरिक उड्डयन प्राधिकरण बनेको छ । नेपालको विमान दशकभन्दा बढी लामो समयदेखि युरोपेली आकाशमा उड्न प्रतिबन्ध लागेको छ र, त्यसको कारणमध्ये विमानस्थलको सूरक्षा मापदण्डलाई प्रमुख मानिन्छ । आइकाओ र युरोपेली सङ्घले पटक-पटक पत्राचार गरी नेपाल सरकारलाई सूरक्षा मापदण्ड पालना गर्न…