दशैँमा वर्षाको सम्भावना, मनसुन ढिला बाहिरिने

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दशैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दशैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले…