सुधा देव, सप्तरी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले कीर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गतको सुपौल जिल्लाको मझारी पञ्चायतअन्तर्गत मझारी गाउँका भएको उजुरीमा उल्लेख गरिएको छ । उपप्रमुख मीरा र उनका पति महेन्द्रसहित उनीहरुका छोरा इन्द्रजीतले झुठो…