कुलप्रसाद काफ्ले, चितवन चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो । स्थानीयले बताएअनुसार करिव १५ घरमा आगजनी भएको माडी नगरपालिकाका…