गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

गुगल र ओपनएआईले बनाएको जेनेरेटिभ एआई मोडेलहरूले पहिलो पटक स्वर्ण-स्तरको स्कोर हासिल गरे पनि मानवले तिनीहरूलाई शीर्ष अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा हराएका छन् । अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाड (आइएमओ)मा पाँच युवाले गरे जस्तो कुनै पनि मोडेलले पूर्ण अङ्क प्राप्त गरेनन् । प्रतिष्ठित वार्षिक प्रतियोगिता आइएमओमा सहभागीहरू २० वर्षभन्दा कम उमेरको हुनुपर्छ । गुगलले यसको जेमिनी च्याटबटको उन्नत…