फिलिपिन्समा सम्पन्न एसियन बक्सिङ कन्फेडेरेसन जुनियर च्याम्पियनसीप (एसवीसी)मा नेपालले शर्मनाक पराजय भोगेको छ । उक्त जुनियर प्रतियोगितामा नेपालका ओम परियार भुटानका खेलाडीसँग पाँच सुन्यले पराजित भएका थिए । भुटानी खेलाडीसँग पराजयपछि परियार पहिलो राउण्डबाटै बाहिरिए । परियारले ५० केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागिता जनाउनुअघि नेपाल बक्सिङ संघले काजिकिस्तानबाट विदेशी प्रशिक्षक झिकाएको…