करिब एक अर्बको नयाँ भवन बनाउँदै भरतपुर महानगरपालिका

भवनमा ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुईरदुई बैठक कक्ष हुने छ । १५८ साना-ठूला कार्यकक्ष र २२१ कोठा रहने छन् । भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने छ । रासस भरतपुर…