युक्रेन संकट : तीन दिनमै करिब २ लाखले स्वदेश छाडे

युक्रेनमाथि रूसले आक्रमण गरेपछि स्वदेश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो । ४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन्…