पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जनाले बढेको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेको १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो । २०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ जना रहेकामा १० वर्षपछि २०७८ मा गरिएको गणनाअनुसार…