सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील तुल्याउन नयाँ नीति एक वर्षभित्रै : सञ्चारमन्त्री गुरुङ

सूचना तथ सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानुन र नीति खारेज गरेर नयाँ नीति बनाउनुपर्ने बेला आएको बताएका छन् । शुक्रबार (११ साउन) क्यान महासंघले आयोजना गरेको बीटुबी समिट २०२४ मा बोल्दै उनले प्रविधि क्षेत्रमा रहेका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने बताए ।…