५० लाख भुक्तानीपछि सौर्यलाई पुनः उडान अनुमति

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आजदेखि पुनः उडान शुरु गरेको छ । विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सेवा शुल्कवापत ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो । सौर्यले काठमाडौँबाट पहिलो उडान भैरहवा भरेको थियो । विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले…