अनौठो कारण देखाउँदै कांग्रेस रुपन्देहीले लियो कारवाहीको निर्णय

■ पुनहरि बेल्बासे, भैरहवा नेपाली कांग्रेस रुपन्देहीले राष्ट्रिय सभा सदस्य एवं पार्टीका नेता दुर्गाप्रसाद उपाध्यायको निधनमा तीन दिनसम्म पार्टीको आधिकारिक कुनै काम नगर्ने निर्णयको विपरीत औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै पार्टीसम्बद्ध १२ जनालाई सातदिने लिखित स्पष्टिकरण माग गरेको छ । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा मगंलबार भैरहवामा बसेको कार्यसमिति बैठकले यस्तो निर्णय लिएको हो…