कोशी प्रदेश सरकारलाई समर्थन कायम राख्दै माओवादी केन्द्रका मन्त्रीद्वारा राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएका छन् । प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष संयुक्त रूपमा राजीनामा दिएका हुन् । मुख्यमन्त्री कार्कीले विकाशित राजनीतिक घटनाक्रममा…