नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालालाई अर्को धक्का लागेको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सहजै परास्त गर्न सकिने स्थितिमा रहनुभएका कोइरालालाई पहिलो धक्का नेता भीमबहादुर तामाङको उम्मेदवारीले दिएको थियो भने दोस्रो धक्का अर्का नेता खुमबहादुर खड्काको भूमिकाले पुर्याएको छ । खड्काको साथ शेरबहादुर देउवालाई रहने भएपछि देउवाको स्थितिमा निकै सुधार आएको विश्वास गरिन्छ ।…