मलेसियामा आयोजना हुने आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल नेपाली समयअनुसार शनिबार (५ माघ) दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई)मा…