बर्दियामा जिप दुर्घटना, २ को मृत्यु

बर्दियामा जिप दुर्घटना, २ को मृत्यु


शुक्रबार साँझ बर्दियास्थित बारबर्दिया नगरपालिका–९ औरीमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ग्लोबल आईएमई बैंक धनगढी शाखाका प्रमुखसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैंकको बा १७ च १२१७ नम्बरको जिप धनगढीबाट नेपालगञ्ज आउँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परी बैंकका शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिपको पछाडिको पांग्रा फुस्किएर दुर्घटनामा परेको हो । जिपमा सवार अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।