मनाङको तिल्चेमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न ‘डे बोर्डस’

मनाङको तिल्चेमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न ‘डे बोर्डस’


हिमाली जिल्ला मनाङको एक विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि नयाँ योजना अघि सारेको छ । नासों गाउँपालिकाको तिल्चेस्थित हिमज्योति आधारभुत विद्यालयले शैक्षिक गुणस्तर उकास्नका लागि ‘डे बोर्डस’ कार्यक्रम शुरु गरेको हो ।

विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच ‘डे बोर्डस’ को शुरुवात गरिएको हो । सो अवसरमा नासों–७ का वडा अध्यक्ष धनबहादुर गुरुङले विद्यालयले अघि सारेको ‘डे बोर्डस’ कार्यक्रम सान्दर्भिक भएको भन्दै विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ध्यान दिन अनुरोध गर्नुभएको छ ।

यस्तै विद्यालयका प्रधानाध्यापक डिलराम गुरुङले ‘डे बोर्डस’ कार्यक्रमले सानासाना बालबालिकालाई पढ्ने बानीको विकास हुनेमा जोड दिनुभयो । सो अवसरमा विद्यालयका शिक्षकहरु गुनराज गुरुङ, चेकमान गुरुङ लगायत अन्य शिक्षक, शिक्षिका अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।