क्यासिनोबाट अवैध रेडियो सेट बरामद

क्यासिनोबाट अवैध रेडियो सेट बरामद


नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले राजधानीको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ११ थान रेडियो सेट जफत गरेको छ । उक्त क्यासिनोले सञ्चार मन्त्रालयको फ्रिक्वेन्सी अनुमति नलिई गैरकानुनी रूपमा रेडियो सेट चलाउँदै आएको पाइएपछि विशेष टोली खटाएर रेडियो सेटहरू बरामद गरिएको महाशाखाले जनाएको छ ।

रेडियो एन २०१४ अन्तर्गत अनधिकृत रूपमा प्रयोग गरिएको रेडिायो यन्त्र जफत तथा रेडियो यन्त्रको बिगो कायम गरी बिगोबमोजिम ५० हजारसम्म जरिवाना तिराउन सकिने कानुनी व्यवस्था छ ।