छात्राहरूलाई लागुऔषध दुर्ब्यसनी तालिम

छात्राहरूलाई लागुऔषध दुर्ब्यसनी तालिम


लुम्बिनी ग्रामिण विकास परिषद नेपालको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा विद्यालयका छात्राहरूका लागि सचेतना कार्यक्रम सुरु भएको छ । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका छात्रालाई दुर्व्यसनसम्बन्धी दुईदिने सचेतना तालिम आयोजना गरिएको हो ।

कार्यक्रमको एक समारोहबीच तिलोत्तमा नगरपालिकाला–५ का वडाअध्यक्ष चेतनारायण भन्डारीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै भन्डारीले युवायुवतीमा विकराल रुपमा फैलिँदै गएको लागुऔषध दुर्ब्यसनी समाजबाट निर्मुल बनाउनुपर्ने बताए । भविष्यका कर्णधार युवा वर्ग कलिलो उमेरमै कुलतमा फस्नुले देश निर्माणमा असर पर्ने भएकोले सबै सचेत बन्दै यो रोक्न लाग्नुपर्ने सुझाव उनले दिए ।

तिलोत्तमा नगरपालिकाभित्र लागुऔषध दुर्ब्यसनीको अन्त्यका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने जानकारी दिँदै उनले नगरपालिकाले समाज परिर्वतनको लागि सबैसँग मिलेर विभिन्न चेतनामुलक काम गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै गिर्वाण संस्कृत माबिका प्रअ छन्तबहादुर पान्डेले समाज परिर्वतनको लागि विद्यार्थीको महत्वपुर्ण भुमिका रहने भएकोले लागुऔषध नियन्त्रणको लागि चेतना फैलाउन सहयोग पुग्ने तर्क गरे । उनले हरेक विद्यालयमा हप्तामा एकदिन एउटा कक्षा सञ्चालन गर्नुपर्ने बताए । लुम्बिनी ग्रामिण विकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक हेमराज पन्थी, रामप्रसाद पौडेल लगायतले दुर्ब्यसनीका बारेमा चर्चा गरेका थिए ।