यातायात व्यवस्था सुधार सम्बन्धमा मामिला अध्ययन २०७२

यातायात व्यवस्था सुधार सम्बन्धमा मामिला अध्ययन २०७२


– तिलक पौडेल

माघ २९ गते शुकबार, २०७२…

काटराइको पाइन्ट, लेदर जकेट, कालो ह्याट, कालो चस्माको पहिरनमा यातायात व्यवस्था कार्यालय (साना–ठूला सवारी एकान्तकुनामा गएँ । बिहानको १०ः१५ बजेको थियो । सेवाग्राहीहरूको भीड थियो । कार्यालय हाता प्रवेश गर्ने वित्तिकै एकजना सेवाग्रही हातमा स्लीप लिएर लाइनबाट बाहिरिनुभयो । ’बैङ्क भौचर कता पाइन्छ होला ?’ चस्मा मिलाउँदै सामूहतिर प्रश्न तेर्स्याउनुभयो । काठमाडौंको मौसम फागुन महिनामा पनि चिसै नभए पनि शीतलो नै थियो तापनि लाइनको ठेलमठेलको कारण हुनसक्छ, वहाँ असिनपसिन हुनुहुन्थ्यो ।

एकजना नौजवानले ‘कति लाग्ने रहेछ खै ? यता पाइन्छ अङ्कल !’ भन्दै स–सम्मान मार्गनिर्देशन गरेअनुसार वहाँ उसैको पछि–पछि लाग्नुभयो । म पनि वहाँहरू द्वयले चाल नपाउने गरी साथ लागेँ । ती नौजवान लेखापढी व्यवसायी रहेछन् । आफ्नो टबुलमा लगेर भौचर भरिदिएर ‘अब उ.. बैङ्कमा पैसा तिरेर आउनुहोस् अङ्कल’ भनेर पैसा तिर्ने स्थान देखाइदिए । म पनि सेवाग्राही बनेर वहाँसँग बीलबुक (अपभ्रंश– ब्लुबुक) रिन्यू गर्न के–के गर्नुपर्दो रहेछ भनी सोधनी गर्दोभएँ । वहाँ पनि अनुभवी बन्दै ‘उ त्यो लाइनमा उभिएर कर यकीन गर्नुपर्छ, अनि यस्तो भौचर भरेर बैङ्कमा पैसा तिर्नुपर्यो, त्यसपछि के–के गर्नुपर्ने हो मलाई पनि थाहा भएन, राख्न त नागरिक बडापत्र राखेका रहेछन् तर त्यो पढ्न सकिने ठाउँमा पुग्नै नसकिने रहेछ…’ भन्नुभयो – मानवीय विजिगिषा ! परिचयमा वहाँको नाम ‘रामप्रसाद बिडारी’ रहेछ ।

विशेष परिस्थितिको परिणाम मेरो सरुवा त्यही कार्यालयमा एकमहिना पहिले नै भैसकेको थियो । निमित्त हाकीमले मलाई हाजीर हुन मात्र भएपनि आउनुभए हुन्थ्यो नि सर ! भन्नुभएकोले व्यहोरा बुझ्न गएको थिएँ । कार्यालयभित्र पस्ने ढोकामा द्वारपाले थिए, तर उनीले कसलाई नियन्त्रण गर्नुपर्ने बारेमै अनभिज्ञाता पाएँ । म सरासर कार्यालय प्रमुखको कार्यकक्षमा गएँ । सहयोगी भाइले ‘कसलाई खोज्नु’भा होला ?’ शिष्टतापूर्वक सोधनी गरे । हाकीमसाहेवलाई बोलाइदिन आग्रह गर्दै ‘मेरो सरुवा यहीँ भएको’ जनाएँ । उनी थप नम्र भई पानीको बोटल ल्याइदिएर निमित्त हाकीमलाई बोलाउन गए । माथि कोठाबाट नियाल्दा कार्यालय परिसरमा मान्छे टनाटन देखिन्थे ।

‘त्यो सफ्टवेयर भन्नु मात्रै हो सर, फोकस वन नामको संस्थालाई विभागले जिम्मा लगाएको छ, उसैका कर्मचारीले बैङ्क भौचरका आधारमा इन्ट्री गर्छन्, हाम्रो नियन्त्रण पनि छैन र सवारीधनीको नाम वा नम्बरका आधारमा सफ्टवेयरले कार देखाउँदैन रे, मलाई त यो प्रविधिसम्बन्धी ज्ञान पनि छैन, विभागले तालीम पनि दिएको छैन क्यारे, खै हामीमसाहेवले लिएको भए थाहा भएन …।’

निमित्त जिम्मा लिएका साथी आएपछि सामान्य भलाकुसारी भए । सुधारका सम्भावना बारेमा जिज्ञासा राख्दा बीलबुक नवीकरणलाई मात्रै व्यवस्थित गराउन सके ७०५ भन्दा बढी कामकारबाही होलो हुने जनाउनु भयो । ‘हैन यहाँ त सवारीसाधन दर्ता प्रणाली (भिआरएस) भन्ने सफ्टवेयर छ हैन र ! अनि त्यो भएपछि सेवाग्राही कर यकीन गर्न भनेर किन लाइनमा लागेका हुन् त नि !’ भन्दा ‘त्यो सफ्टवेयर भन्नु मात्रै हो सर, फोकस वन नामको संस्थालाई विभागले जिम्मा लगाएको छ, उसैका कर्मचारीले बैङ्क भौचरका आधारमा इन्ट्री गर्छन्, हाम्रो नियन्त्रण पनि छैन र सवारीधनीको नाम वा नम्बरका आधारमा सफ्टवेयरले कार देखाउँदैन रे, मलाई त यो प्रविधिसम्बन्धी ज्ञान पनि छैन, विभागले तालीम पनि दिएको छैन क्यारे, खै हामीमसाहेवले लिएको भए थाहा भएन …।’ यस्तै कुराकानी गरी रामप्रसाद बिडारीजीले बैङ्कमा पैसा बुझाएर निस्केको देखेपछि चिया सकाएर बिदा भएँ र तल रामप्रसादजीको पछि लागेँ ।

अर्को भवनमा बैङ्क थियो । बैङ्कमा पैसा बुझाएर पसिना पुछ्दै रामप्रसादजी वल्तिर कार्यालयमा आउँदै गर्दा लेखापढीका नौजवान – प्रमोदले रिसिभ गर्दाभए ‘गाह्रो छ हई अङ्कल !’ भन्दै । ‘खै एउटा पानी देऊ त नानी !’ रामप्रसादजीले पानी किनेर खाएपछि आफन्तैजस्तो लाग्ने प्रमोदलाई ‘हत्तेरी कति भीड हो बाबु ! यसलाई व्यवस्थित गर्न सकिंदैन भन्या ?’ भन्दाभए । ‘अझै तीन ठाउँमा लाईन बस्नु बाँकी छ अङ्कल ! तपाईं आफैंले गर्छु भन्ने हो भने त आजै गर्न सक्नुहुन्न । बरु एसो चियाखर्च बक्सियोस्, म गराइदिइहाल्छु नि !’ प्रमोदले आफ्नो जाल बिच्छाउन विलम्ब गरेन । ‘अघि भौचर भर्न पनि सहयोग गरेकैछु, अरु काम पनि गरिदिउँला, मेरो कामै हजुरहरू जस्तालाई सहयोग गर्ने न हो !’

पकेटबाट पचासको नोट निकालेर दिँदै ‘लौ त यो पैसा लिए, काम जतिसक्यो चाँडै फत्ते गरिदेऊ’ भने । प्रमोदले अलि क्रोधित मुद्रामा भन्यो– ‘यो के दिएको ? तपाईंका जमाना त खुइलिई सके, यतिले कति चिया खाने ?’ । रामप्रसादजीले ‘हैन मान्छे त सानै छौ बाबु, चिया त पचासकाले नपुग्ने भनेपछि खाना कतिको खान्छौ ?, कति चाहियो त नत्र ?’ भन्दा ममा हास्यरस पोखियो ।

सेवाग्राहीको भीड देख्दा रामप्रसादलाई पनि आफैं कस्सिनु भन्दा उसैलाई जिम्मा दिन उपयुक्त लाग्यो । पकेटबाट पचासको नोट निकालेर दिँदै ‘लौ त यो पैसा लिए, काम जतिसक्यो चाँडै फत्ते गरिदेऊ’ भने । प्रमोदले अलि क्रोधित मुद्रामा भन्यो– ‘यो के दिएको ? तपाईंका जमाना त खुइलिई सके, यतिले कति चिया खाने ?’ । रामप्रसादजीले ‘हैन मान्छे त सानै छौ बाबु, चिया त पचासकाले नपुग्ने भनेपछि खाना कतिको खान्छौ ?, कति चाहियो त नत्र ?’ भन्दा ममा हास्यरस पोखियो । म अर्कोतिर फर्केर हाँसो पचाएँ । तिनीहरूतिर फर्कंदा बुढाले २०० का नोटहरू हस्तान्तरण गर्दै थिए । प्रमोदले ‘तपाईं अघिको टेबुल वरिपरि गएर टहलिनुहोस्, १ घण्टामा मलाई भेट्नुहोला’ भनी बैङ्कको भौचर र बीलबुक लिएर कार्यसम्पादन गर्न बिदा भयो । म उसैको पछि(पछि चाल नपाउने गरी लाग्दो भएँ ।

कार्यालयमा भित्र–बाहिर गर्ने को–को हुन् ? कार्यकक्षमा काम गर्ने को–को हुन् ? मेसोजिलो पाइँदैनथ्यो । प्रमोद सरासरी रामप्रसादजीको गाडीको फाइल, ढड्डा हुने कक्षमा प्रवेश गर्योे । फाइल र ढड्डा खोजी टेबुलमा बसेर सरासर भर्न थाल्यो । फाँटवाला अर्को लेखन्दाससँग झ्यालतिर उभिएर कुरा गर्दै थिए । प्रमोदले सबै भरिसकेर ‘सर एउटा सही गरिदिनु पर्यो’ भन्यो । फाँटवालाले पनि सरासरी आएर ढड्डामा लेखिएको व्यहोरासमेत नहेरी सही गर्नुपर्ने ठाउँमा सही गरिदिए – कत्रो विश्वास !? नवीकरण भएको बीलबुक लिएर आफ्नो छातेघरमा गयो – प्रमोद । रामप्रसादजी त्यतै वरिपरि नै रहेछन्, डाकेर बीलबुक हातलगाइदियो । त्यस्तो भीडबाट यति चाँडै काम फत्ते भएको देखेर रामप्रसाद पनि जिल्ल पर्दै अर्कै बीलबुक त हैन ? नियालेर पक्का भएपछि धन्यवाद दिए । ‘त्यो चियाखर्च कहाँ मैले मात्र खाने हो र अङ्कल ! उ त्यहाँ व्बाँसाका जस्ता आँखाले हेरेर बस्ने साहेवहरूलाई पो हो त हजुर, नत्र त तपाईंले दिएको ५० पनि मलाई मात्र त धेरै हुन्थ्यो नि !’ प्रमोदले आफ्नो इमान्दारिता प्रकट्दै रामप्रसादको चित्त बुझाउने धृष्टता गर्यो । रामप्रसादको चित्त बुझ्यो–बुझेन, ती फाँटवालालाई वास्तवमा कति दियो ? त्यो प्रमोदै जानोस् ।

०००

यो व्यहोराले मेरो मनलाई डस्यो । म सरासर यातायत व्यवस्था विभागमा गएँ । तत्कालीन निर्देशक बसन्तजीसँग मन बिसाएँ । वहाँ मेरा अन्तरङ्गका शुभचिन्तक लाग्दथ्यो मलाई । अनि सुधारका लागि कार्ययोजना तयार पर्न आग्रह गरेँ, जसमा मेरो रहर– एउटा झ्यालबाट बीलबुक लिएपछि बैङ्कलाई पनि हामीबीचमै राखेर अर्को झ्यालबाट नवीकृत बीलबुक दिने व्यवस्था मिलाउन नसकिएला ? पनि पेश गरें । बसन्तजीले पनि व्यहोरालाई सकारात्मक रुपमा ग्रहण गरी ‘पहिला राष्ट्रिय वाणिज्य बैङ्कसँग कुरा गरौँ । वहाँहरू हाम्रो नजिकको कोठामा बसिदिनु पर्यो, बैङ्क भौचरको सट्टा हाम्रो भिआरएस रसिदको आधारमा पैसा बुझिदिनु पर्यो । अनि हाम्रा शाखाहरूलाई ‘नवीकरणमा एकद्वार प्रणाली’ अनुरुपको अवस्थितिमा मिलाउनु पर्छ । सोही बमोजिम पार्टिसनवाललाई फोरेर सेट गरियो भने हजुरको कल्पना साकार मात्र हैन सेवाग्राहीको भावनाको पनि कदर एवं शीघ्र कार्यसम्पादनको मेसो पनि मिलाउन सकिनेछ । त्यसका लागि चाहिने साधन स्रोत विभागले व्यवस्था गरिदिनुपर्छ भने तपाईं हाजीर हुनुपर्छ । संयोग तपाईं हाल मन्त्रालयमा हुनुहुन्छ, कुरा पनि सबैले खाने अवस्था छ, तपाईंले शुरुवाती पाइला चाल्दा म यो कार्यमा सक्रियता वरद्ने (अपनाउने) छु …’ भन्नुभयो ।

आइतबारका दिन मन्त्रलयमा निजी सचिवालयमा मनोज विश्वासजीसँग सबै व्यहोरा सघन रुपमा शेयर गरी मतैक्य धारणा बनायौँ । सोही बमोजिम स्वयं मन्त्रीज्यूसमेतमा अनुरोध गरी सचिवज्यूमा पनि अवगत गराएँ । विभागमा महानिर्देशकज्यूमा कार्ययोजना पेश गरी निर्देशक बसन्तसरको सहयोगको याचना गरेँ । केही यातायात व्यवसायीहरू र लेखापढी व्यवसायीमा पनि सुधारका सुझावको अपेक्षा गरें । यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माज्यूलाई अग्रिम संक्षेपीकरण गरी समितिबाट समेत निर्णय गराएँ ।

प्रस्तुत सन्दर्भमा सुधार ल्याउने हिम्मतसहित चैत महिनामा कार्यालय बहाल गरी बैशाखको पहिलो हफ्तादेखि उल्लिखित बमोजिम कार्यसम्पादन गर्न सकेकोमा प्रसन्नता महसुस भयो । यो घडिमा परोक्षमा स्वीकृतिदेखि समुचित निर्देशन गरिदिनुहुने विशिष्ट महानुभावदेखि प्रत्यक्षमा भिआरएसको रसिदको आधारमा रकम बुझ्ने र सोही बमोजिम राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा ईन्ट्रीको व्यवस्था मिलाउन सहयोग गर्नुहुने राष्ट्रिय वाणिज्य बैङ्कका शाखा प्रबन्धक शेचन रेग्मीजीलाई, यातायात व्यवस्था विभागका निर्देशक बसन्त अधिकारीजीलाई र पूर्वाधार निर्माणदेखि कार्यान्वयनमा खट्नुहुने यातायात व्यवस्था कार्यालयका सहकर्मी साथीहरूलाई हार्दिक आभार एवं धन्यवाद प्रकट गर्नुपर्दछ ।

…सके सपारौं, नसके नबिगारौं…!