अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास कार्यक्रमविरुद्ध नेकपा

अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास कार्यक्रमविरुद्ध नेकपा


भारतका प्रधानमन्त्री आज नेपाल भ्रमणमा आउँदैछन् । मोदीको यसपटकको भ्रमणको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ । भ्रमणले दुई मुलुकबीचको सम्बन्धमा नयाँ आयाम थप्ने भन्ने एक पक्षको जिकीर छ भने भारत र नेपालबीचका विभिन्न आयाम, घटना–परिघटनासँग जोडेर भारतीय प्रधानमन्त्रीको भ्रमणको आलोचना र विरोध पनि व्यापक स्तरमा गरिँदै छ ।

यसरी मोदी–भ्रमणको विरोध गर्नेमा नेपाल कम्युनिष्ट पार्टी पनि प्रमुख एक शक्तिको रूपमा देखिएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले मोदीको यस भ्रमणबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले पार्टीका तर्फबाट प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । भारतका प्रधानमन्त्री मोदी दुई दिन नेपाल रहँदा नेपालको राष्ट्रिय हित र स्वाधीनताका विरुद्ध विभिन्न गोप्य तथा खुला सहमति–सम्झौता हुन सक्ने सो पार्टीको दाबी छ ।

सन् १९५० को सन्धिदेखि यताका विभिन्न सन्धी–सम्झौताहरू नेपालको हित र सार्वभौमिकताविरुद्ध रहेको दाबी गर्दै प्रकाण्डले विगतका सहमतिहरू नेपालका शासकहरूले कार्यान्वयन गराउन नसकेका विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भनिएको अरुण तेस्रो जलविद्युत परियोजनाको सन्दर्भलाई नेकपाले गम्भीर रूपमा लिएको प्रकाण्डको विज्ञप्तिका आधारमा बुझ्न सकिन्छ । दुवै प्रधानमन्त्रीलाई चेतावनी दिँदै विज्ञप्तिमा ‘नेपालको स्वाधीनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन–श्रोतमाथि जनताको अधिकारविरुद्ध हस्तक्षेप, खेलबाड र आत्मसमर्पण नगर्न हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ, बल मिच्याइँ गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भीर हुने कुरा स्पष्ट पार्न चाहन्छ’ भन्ने पङ्क्ति उल्लेख गरिएबाट अरुण तेस्रो परियोजना भारतलाई दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टीको विशेष अडान रहेको प्रष्टै छ ।

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे सो पार्टीको समग्र धारणा बुझ्न चाहनेका लागि प्रवक्ता प्रकाण्डद्वारा जारी पाँचबुँदे विज्ञप्ति जस्ताको तस्तै प्रस्तुत गरिएको छ-