तीतो करेला स्वास्थ्यका लागि अति लाभदायक

तीतो करेला स्वास्थ्यका लागि अति लाभदायक


स्वास्थ्य रहन खानपानमा ध्यान दिन जरुरी छ । कस्तो खानपान कुन व्यक्तिले सेवन गर्ने जस्ता कुराहरु थाहा पाउन जरुरी हुन्छ । जसले गर्दा स्वस्थ रहन सकिन्छ । हाम्रो वरिपरी धेरै प्रकारका तरकारीहरु रहेका छन् । सवैको भुमिका उत्तिकै रहेका छन् ।

तरकारीमा साग, आलु, भेन्टा, फर्सी, काउली, बरेला, करेला आदि जस्ता तरकारीहरु बजारमा पाइन्छ भने गाउँ घरमा खेत बारीमा पाइन्छ । खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक छ ।

शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्या‍उँछ । पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ ।

गर्मी याममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउँछ । दमको समस्या भएकाहरूले मसला नराखी पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ । डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्नुको साथै रगत सफा हुन्छ ।