बाढीले मन्थलीमा तनाव, परीक्षा दिन गएका विद्यार्थी पनि बाढीसँगै

बाढीले मन्थलीमा तनाव, परीक्षा दिन गएका विद्यार्थी पनि बाढीसँगै


अविरल बर्षासँगै आएको बाढीले रामेछापको मन्थलीमा तनाव उत्पन्न भएको छ । बाढीले मन्थली बजार, आसपासका सडक, बाटोमा क्षति पु¥याएको छ भने परीक्षा दिन गएका विद्यार्थी समेत बगाएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन गएका मन्थली माविका विद्यार्थीहरुलाई खोलाले बगाएको र चार जना विद्यार्थी पौडिएर निस्किएको स्थानीयले बताएका छन् । स्थानीयहरुले अन्य विद्यार्थीलाई पनि खोलाल बगाएको बताएपनि प्रहरीले भने आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

वर्षासँगै आएको बाढीले वस्ती नै डुबाएपछि सडक अवरुद्ध भएको छ । गएराति मध्यरातदेखि लगातार परेको अविरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने मन्थलीको घर, बसपार्क र खाँदबारी क्षेत्र डुबानमा परेको स्थानीयबासीले बताएका छन् ।