यी दुईजना पुरुष– बीसौं शताब्दीको सुरुवातका समकक्षी लेखक– ठूलो ख्याति कमाएका साहित्यका महापुरुष थिए । उनीहरूले आफ्नो व्यक्तिगत जीवनमा र उनीहरूले लेखेको उपन्यासहरू दुवैमा यौन प्रमुख विषयवस्तु बन्यो । उनीहरूले कुुख्याति कमाउने उपन्यासहरू लेखे । ब्रिटेन र अमेरिकामा ती उपन्यासको बिक्रीमा प्रतिबन्ध लगाएपछि तिनको माग धेरै बढ्यो र स्पष्ट यौन प्रसङ्गहरूलाई काँटछाँट नगरिएका प्रतिहरू पछि प्रकाशित भएपछि ती उपन्यासहरू झन् धेरै बिक्री भए ।
डी. एच. लरेन्स
सन् १९६० मा लन्डनको एउटा अदालतले लरेन्सको उपन्यास लेडी चटर्लीको प्रेमीलाई सेन्सर नगरीकन छाप्न अनुमति दिएपछि एउटा नयाँ दशकको आरम्भ भयो, जसलाई स्विगिङ साठीको दशक भनिन्छ । नैतिकताको पतन र यौनका मामलामा उदार पश्चिमी समाज त्यहीँबाट सुरु भएको विश्वास गरिन्छ । तर, यसका लेखक लरेन्सको चाहिँ मृत्यु भएको तीस वर्ष भइसकेको थियो । तथापि साहित्यिक फाँटमा उनको प्रभाव भीमकाय थियो । लरेन्स चरम मातृप्यारबाट गहिरोसँग प्रभावित लेखक थिए– लरेन्सकी आमा उनलाई असाध्यै माया गर्थिन् तर श्रीमान्लाई घृणा गर्थिन् । श्रीमान्चाहिँ कोइलाखानीका कामदार थिए ।
उनको पहिलो यौनअनुभव एउटी महिलासँग होइन एउटा समूहसँग भएको थियो । उनले यो अनुभवलाई पीडादायी भनेका छन्, किनकि उनलाई कारखानामा काम गर्ने कामुक, अनैतिक केटीहरूको एउटा समूहले नियन्त्रणमा लिएर उनको सुरुवाल खोेलिदिने र उनको यौनाङ्ग उदाङ्गो पारिदिने प्रयास गरेका थिए । तर उनीहरू पूरै सफल हुन सकेनन् तर केही लुगाहरू खोलिदिएकाले उनलाई निमोनिया लाग्यो । उनले आमाको प्रेमका अवशेषहरूबाट ‘छोरा र प्रेमीहरू’ भन्ने उपन्यास लेखेपछि आफूलाई मुक्त गरे । त्यो उपन्यास आमाको मृत्युको लगत्तै पछाडि र उनी मात्र २८ वर्ष हुँदा प्रकाशित भएको थियो । स्वाभाविक रूपमा उपन्यास प्रकाशित भएपछि महिलाले त्यस उपन्यासको भावलाई अति मन पराए र लेखकसँग भेट्न मन गरे ।
लरेन्सका दुईवटी केटी साथी थिए– जेसी च्याम्बर्स र लुइस बरोज भन्ने । उनीहरू लरेन्सजस्तै कठोर भिक्टोरियन पारिवारिक वातावरणमा हुर्किएका थिए । तसर्थ उनीहरूले लरेन्सका हात समाउने र चुम्बन गर्नेभन्दा बढी केही गरेनन् । त्यसपछि लरेन्सको स्थानीय औषधि पसल व्यापारीकी पत्नीसँग भेट भयो, त्यतिबेला लरेन्स भने एउटा कविताको किताब लेख्नका लागि उत्प्रेरणाको खोजीमा थिए भन्ने तिनले बुझिन् । ती महिलाले तेइस वर्षे तन्नेरीको भोग गरिन्, लरेन्सको कलम छिटो नचले पनि उनका नसाको रगत भने तरङ्गित भयो भन्ने उनले पत्तो पाइन् । पछि ठूलो सङ्ख्याका धनी महिलाले लरेन्सले दोस्रो उपन्यास प्रकाशन गर्न पैसाको अभाव झेल्दै छन् भन्ने थाहा पाएपछि त्यसका लागि प्याट्रन बन्न इच्छुक भए ।
त्यसबापत उनीहरू लरेन्सबाट केही चाहँदैनथे, बस उनीसित सँगै बिताउन अलिकति समय, उनको ध्यान र बेलाबेलामा उनले लेखेका अनुच्छेदको हाउभाउपूर्वक अभिनय गरिदिनुपर्ने । लरेन्स यी महिलालाई ‘दुई खुट्टाबाट आउने आम्दानी’ भन्थे । लरेन्स यी महिलाले उनीहरूकै इच्छाले उनीमाथि दिएको सहयोगलाई राम्रो दृष्टिले हेर्दैनथे, तसर्थ उनले आफ्ना उपन्यासमा यी महिलाको खिल्ली उडाएका छन् । उनले कसैको पनि नाम तोकेनन्, तर उनीहरूको उदारताको गुण तिर्ने यो निर्दयी विधि थियो ।
उनी पातला र घुँघुरिएको कपाल भएका तर उनका राता चम्किला दाह्रीजुँगा थिए र उनी आकर्षक व्यक्तित्व देखाउन सक्थे । उनका साथीहरू र साहित्यिक संसार नै त्यतिबेला चकित भयो जब उनले एकजना घरनियाँ जर्मनेली महिलालाई श्रीमान् छोडेर आफूसँग पोइला जान मञ्जुर गराए । उनीहरूलाई यो थाहा थियो कि लरेन्सले महिलालाई आनन्द दिने साधनका रूपमा हेर्छन्, तर यी महिलाका त तीन छोराछोरी भइसकेका थिए । अन्त्यमा उनले पनि लेखकलाई छोडिदिइन् । ती महिला फ्रिडा विक्कली र लरेन्सको जोडी असुहाउँदो थियो । उनी राम्रो आम्दानी भएकी तर लरेन्स हरितन्नम्, उनी वलिष्ठ तर लरेन्स ख्याउटे । लरेन्सका अरू कुनै प्रेमिकाले उनलाई मर्द नभने पनि फ्रिडा भने ओछ्यानमा एक घन्टा लरेन्ससँग राम्रैसँग रमाउँथिन् । यद्यपि उनीहरूको विवाह भयो, विवाहपछि लरेन्सले यो कुरा स्वीकारे कि उनीहरू एकसाथ चरमसुखको अनुभव गर्न सक्दैनथे ।
लरेन्स अचम्म स्वभावका मानिस थिए । उनी आफ्नो लेखनीमार्फत महिला मुक्तिको उद्घोष गर्थे तर व्यक्तिगत जीवनमा उनी पुरुषको उच्चता स्वीकार्थे । उनले झगडालु श्रीमतीलाई कुटे पनि हुन्छ भने तर फ्रिडा उनीभन्दा धेरै वलिष्ठ भएको धेरैचोटि प्रमाणित भएको थियो । एकपटक त फ्रिडाले श्रीमान्को टाउकोमा डिनर प्लेट नै फुटाएकी थिइन् । लरेन्सले लेखिका क्याथरिन म्यान्सफिल्डलाई यसो भनेपछि उनी स्तब्ध बनेकी थिइन्, ‘मलाई लाग्छ एउटी महिलाले पुरुषलाई कुनै न कुनै रूपले आफूभन्दा माथि राख्नुपर्छ । पुरुषले अघि बढ्ने निर्णय गरिसकेपछि महिलाले उनीहरूलाई मान्नैपर्छ र कुनै किसिमको सन्देह प्रकट गर्नु हुँदैन ।’ उनका नायक र नायिकाहरू कामोत्तेजनाले उकुसमुकुस भएका हुन्छन्, त्यसका लागि केही कुराको पनि पर्वाह नराख्ने र सबै परम्परालाई तोडेर उनीहरू अनैतिक यौनक्रीडा गरेरै छोड्ने ।
लरेन्स कहिले पनि एउटै ठाउँमा घरजम गरेर बस्न सकेनन् । उनी अस्ट्रेलिया, अमेरिका तथा भूमध्यसागरीय देशहरू घुमी नै रहे । यसले गर्दा उनले लामो समय पानीजहाजबाट कष्टकर यात्रा गर्नुपथ्र्यो तर यसले उनलाई आफ्ना उपन्यासका निम्ति खुराक प्रदान गरेको थियो । चालीस वर्ष पुग्न लाग्दा उनीसँग लसपस भएका महिला पनि उस्तै अचम्म स्वभाव भएका फेला परे । डोरोथी ब्रेट भन्ने एउटी महिला उनको संरक्षक बन्न राजी थिइन् तर जब लरेन्स उनको ओछ्यानमा छिरे र आफूलाई नामर्दै प्रमाणित गरे ब्रेट पनि उनीसँग खुसी भइनन् । उनी आफ्ना यौनइच्छाहरू आफ्ना लेखाइमार्फत आइमाईसँग यौन सम्बन्ध राखेर पूरा गर्थे । तर, यी शब्दहरूले पढ्ने आइमाईका इच्छा पूरा गर्छ गर्दैन भन्नेचाहिँ अर्को बहसको विषय हो । लरेन्सलाई पुरुषहरू आइमाईजस्तो ठान्थे र लरेन्स राम्रो जीउडाल भएका पुरुषको डाह गर्थे, किनकि राम्रो जीउडाल भएका उनी ओछ्यानमा गतिलो काम देखाउन सक्थे । तर, उनले यस्तो कुरा कल्पना गरेर लेख्न मात्र सके, ‘हामी सन्तुष्ट होउन्जेल यौनक्रीडा गर्न नसक्ने भए पनि कम्तीमा पूर्ण र स्पष्ट रूपमा यौनबारे सोचौँ ।’
जेम्स जोइस
पुरानो सहर डब्लिनको रेडलाइट एरिया चौध वर्ष ठिटाका लागि थिएन, तथापि जेम्स जोइसले सन् १८९६ मा त्यहाँ गएर यौनक्रीडाको आनन्द लिएका थिए । उनी जँड्याहा कर सङ्कलकका छोरा थिए । त्यही बानीका कारण उनले भिरिङ्गी मात्र सारेनन्, यौन अनुभवलाई समेटेर गरेको साहित्य सिर्जनामार्फत लेखकका रूपमा ख्याति र धन पनि आर्जन गरे । उनले एकचोटि पुरोहित बन्ने विचार गरेका पनि थिए, उमेर धेरै नहुँदै । उनको प्रख्यात वा कुख्यात उपन्यास ‘युलिसेस’ पढ्ने आइमाईप्रति उनको कुनै नकारात्मक दृष्टिकोण थिएन । तर, त्यो पुस्तक त्यतिखेर यति अश्लील मानिन्थ्यो कि झन्डै २० वर्षसम्म त्यसको पूरा अंशसहित ब्रिटेन र अमेरिकामा प्रकाशन गर्न प्रतिबन्ध लगाइएको थियो ।
त्यस उपन्यासमा भएको सबै थोक लेखकको जीवनको एउटा महŒवपूर्ण दिनका २४ घन्टाभित्र भएका कुरा उल्लेख गरिएका छन् । जुन १६, १९४० को दिन उनले नोरा बार्नाकल भन्ने डब्लिन होटलकी सुसारेसँग विवाह गरेका थिए । उनले पुरोहित हुने विचार ब्रह्मचर्यमा रहनुपर्ने कारणले परित्याग गरेका हुनाले चर्चमा गएर औपचारिक विवाह गरेनन् । जुन १६ का दिन उनले नोरालाई प्रेम गर्ने कुरा बताएका थिए र २७ वर्षपछि मात्र यो प्रेमलाई औपचारिक विवाहमा परिवर्तन गरेका थिए । उनीहरूसँग बसेका पहिला आठ वर्षसम्म थोरै पैसा मात्र हुन्थ्यो तर विदेशमा इटली, स्वीट्जरल्यान्ड र फ्रान्समा बस्दा जोइस अङ्ग्रेजीको ट्युसन पढाएर जीविका चलाउँथे । यसले गर्दा उनले लेखक बन्ने समय पनि पाए र जब उनको ख्याति बढ्दै गयो, रोयल्टीले पनि उनको आम्दानी बढाउँदै लग्यो । नोराले उनको जीवन चलाइदिइन्, साथै जोइसलाई पनि जीवनका एउटी महिलाको हैकममा बाँच्नु आवश्यक थियो । नोरा सानो कदकी, साना स्तन भएकी चिटिक्क परेकी थिइन्, तर जोइस उनका बारे सुन्दर कल्पना गरेर लेख्ने गर्थे, ‘तिमीसँग ठूला गोला स्तन भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ र तिम्रा ठूला तिघ्रा भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । तिमीले मलाई लबटाले पिटे हुन्थ्यो, तिम्रा हातको पिटाइबाट मेरो मासु दुख्दा मलाई आनन्द आउने थियो ।’
संसारभरिका समालोचकले ‘युलिसेस’ को खुब प्रशंसा गरे, साथै त्यस उपन्यासमा लेखकले आफ्ना पात्रको भित्री सोचाइ व्यक्त गर्न गरेको शब्द चयनको पनि । तर, वास्तविक जीवनमा नोराले बताएअनुसार कुरा अर्कै थियो, ‘उनी एउटा लुते व्यक्ति हुन् । उनलाई महिलाबारे केही थाहा छैन ।’ जोइसले उनलाई अर्को पुरुषसँग सुत्न बेलाबेलामा उत्प्रेरित गर्ने गरे पनि नोरा जोइसप्रति इमानदार रहिन् । उनले आफ्नी श्रीमतीलाई त्यसो भन्नुको कारण श्रीमतीले अरूसँग गरेको सम्भोग हेरेर लेखनीका लागि विषयवस्तु खोज्नु थियो । उनले श्रीमतीलाई लेखेका पत्रमा धेरै कुरा व्यक्त गरेका छन्, ‘तिम्रा कामुक, आशक्त ओठहरूले मलाई चुसेको अनुभव गर्न मलाई रहर लाग्छ । र म तिम्रा गुलाबी टुप्पो भएका स्तनसँग सम्भोग गर्न चाहन्छु ।’ उनले धेरैथरी सजायबारे पनि लेखेका छन्, श्रीमतीले उनलाई त्यसो गरून् भनेर, जस्तै, ‘मलाई तिमीले कोर्रा लगाए आनन्द आउनेछ, प्रेमिका नोरा ।’
युलिसेसको प्रकाशनपछिको आँधीबेहरी आउनुभन्दा केही अगाडि जोइस नोराबाट टाढिए र पेरिसकी एउटी अङ्ग्रेजी विद्यार्थीसँग प्रेममा फसे । अमेलिया पोपर धनी यहुदी व्यापारीकी छोरी थिइन् । ती व्यापारीले बूढा जोइसलाई छोरीबाट टाढै रहन चेतावनी दिए पनि छोरीले जोइसलाई हुरुक्क बनाउँथिन् । त्यसै वर्षको अन्त्यमा उनी पेरिसबाट ज्युरिच गए र त्यहाँ उनले उन्नाइस वर्षीय पोपरजस्तै रूप भएकी मार्था फ्लेस्म्यानलाई भेटे । खासमा उनले मार्थालाई ट्वाइलेटमा पहिलोपटक भेटेका थिए । सार्वजनिक शौचालयमा महिला र पुरुषलाई छुट्टै कोठा व्यवस्था गर्ने कुरामा मध्ययुरोपका मानिस खासै चासो दिँदैनथे । तसर्थ जोइस मार्थाको शौचालयमा छिरे । ‘त्यतिखेर मार्था कट्टु खोल्दै थिइन्,’ उनले एकजना आइरिस साथीलाई लेखेका छन् – उनीहरूले एक–अर्कालाई हेरे र गफगाफ गरे, अनि एक–अर्काले जे देखे र जे बोले त्यो उनीहरूले मन पराए । त्यस रात अबेर ‘मलाई एउटी आइमाईका सबैभन्दा उत्तेजक र सबैभन्दा चिसो ठाउँहरूको अन्वेषण गर्ने अनुमति मिल्यो’ उनले आफ्नो त्यही पत्रमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया