केही साताको अन्तरालमै चार पटक मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघद्वारा निगमको केन्द्रीय कार्यालय एक घण्टा घेराउ गरिएको हो ।
सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको संघको ठहर छ । नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाए । आयल निगम कमिसनमा चलेको दाबी गर्दै भट्टराईले अब पारदर्शी रुपमा चल्नुपर्ने माग गरे ।
नेवि संघको यस आन्दोलनमा अध्यक्ष नैनसिंह महर नदेखिए पनि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ज्ञातव्य छ, पटक पटक मूल्यवृद्धि गर्दै आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक सय दश पुर्याएको छ ।
प्रतिक्रिया