राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । विष्णुपुर १ स्थित अण्डीपट्टीमा आयोजित एक समारोहका बीच एमाले, कांगे्रस, माओवादी केन्द्र र राजपा परित्याग गरी उनीहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।
सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका पुर्वसचिव उमेशकुमार यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य अशोककुमार यादवको प्रमुख आतिथ्यमा अयोजित कार्यक्रममा शिवराम साहको नेतृत्वमा १ सय ५० जना नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको फोरम नेपाल सप्तरीका कार्यालय सचिव रामेश्वर यादवले जानकारी दिए ।
विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रमुख अतिथि केन्द्रिय सदस्य यादव, जिल्ला अध्यक्ष दिनेशकुमार यादवले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया