हिजो एकीकृत भई निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन)ले तय गरेको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न योङ कम्युनिष्ट लिग (वाइसिएल)ले मातहतका सबै समितिलाई निर्देशन दिएको छ । वाईसीएलका अध्यक्ष दीपशिखा र महासचिव सुवोधराज सेर्पालीले आज एक वक्तव्य जारी गर्दै नयाँ पार्टी निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको हो ।
वाइसिएल केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको प्रक्रियालाई स्वागत गर्दै मातहतका सबै समितिलाई एकीकृत गर्ने अभियानमा लाग्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको हो । विज्ञप्तिमार्फत पार्टी एकता प्रक्रियालाई सार्थक बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेतृत्वबाट भएको सकारात्मक पहलप्रति धन्यवाद ज्ञापन गर्दै एकताको भावलाई स्थानीय तहसम्म लैजान र जनतामा सम्प्रेषित गर्न आग्रह गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया